मौसम पूर्वानुमान : पहाडी भू-भागमा मेघ गर्जन चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना

0
Shares

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । देशका पहाडी भू–भागहरूमा आँशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा आंशिक बदली रहेको छ ।

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू–भागमा आँशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्गसहित हल्का, क्षणिक वर्षाको सम्भावना रहेको छ ।

राती देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आँशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । गण्डकी र सुदूर–पश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित हल्का, क्षणिक वर्षाको सम्भावना रहेको छ ।

देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ्गसहित हल्का, क्षणिक वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन, चट्याङ्ग, हावा, हुरीबाट हुन सक्ने क्षतिरजोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।