शारदा नगरपालिकाद्वारा शिक्षकहरुलाई ल्यापटप वितरण

0
Shares

सल्यान । 

सल्यानको शारदा नगरपालिकाले नगरभित्रका विद्यालयका शिक्षकहरुलाई ल्यापटप वितरण गरेको छ । विद्यालयको पठनपाठनलाई सहज बनाउने उद्देश्यले नगरपालिकाले नगरका १२ वटा प्राथमिक विद्यालयमा कार्यरत शिक्षकहरुलाई १२ थान ल्यापटप वितरण गरेको हो । कर्णाली प्रदेश सरकार र शारदा नगरपालिकाको साझेदारीमा नवपबद्र्धन साझेदारी कोष अन्तरगत “बालकेन्द्रित शिक्षा मार्फत पठन सिपमा सुधार कार्यक्रम “परियोजना बाट करिब ९ लाख लागतमा ल्यापटप वितरण गरिएको शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारीले जानकारी दिनुभयो । विद्यालयका शिक्षकहरुलाई प्रविधिमैत्री बनाउन अभिप्रेरित गर्ने उद्देश्यले ल्यापटप वितरण गरिएको उहाँ बताउनु भयो । प्रविधिको उच्चतम प्रयोग गरी शैक्षिक क्रियाकलापको सञ्चालनमा सघाउ पुर्‍याउन पहल भेरहेकोे उहाँले बताउनुभयो ।

नगरप्रमुख भण्डारीले नगरपालिका भित्रका मावि प्रविधि मैत्री भइसकेको भन्दै निमावि र प्राविलाई पनि प्रविधि मैत्री बनाउने खभियानमा रहेकाले ल्यापटप प्रदान गरिएको बताउनु भयो । ल्यापटप वितरण गरिएका विद्यालयका शिक्षकलाई आवश्यकता अनुसार तालिम पनि उपलब्ध गराइने उहाँले बताउनुभयो ।

नगरपालिका भित्रका ५८ वटै सामुदायिक विद्यालयलाई प्रविधियुक्त बनाउनको लागि विगतका बर्षहरु देखि ल्यापटप वितरण गर्दै आइरहेकाले नपुगेका विद्यालयमा ल्यापटप गरेका शारदा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाधर बवालले बताउनु भयो । करोनाको समय देखिनै नगरपालिकाले सबै विद्यालयमा वैकल्पिक सिकाइलाई जोड दिँदै आएकाले विद्यार्थीलाई अन्लाईन माध्याममा जोडनको लागि पनि ल्यापटप वितरण गर्दै आइरहेको बताउनु भयो ।