डढेलाे नियन्त्रणका क्रममा युवककाे मृत्यु

0
Shares

नवलपरासी ।

आफ्नै सामुदायिक वनमा लागेकाे डढेलाे नियन्त्रण गर्न जाँदा जलेर घाईते भएका स्थानीय एक युवाकाे उपचारका क्रममा मृत्यु भएकाे छ ।
जिल्लाकाे चाैतारी सामुदायिक वन उपभोक्ता समूहले दिएकाे जानकारी अनुसार मृत्यु हुनेमा साेही वनका उपभोक्ता समूह सदस्य देवचुली १७ सातघरे निवासी २२ युवा वर्षीय दामोदर शर्मा खरेल रहेका छन् ।

पूर्वी नवलपरासीकाे फारम बजार देखि उत्तर बाह्रकाेल सडक खण्ड पश्चिम झरहीकाे सिरबांध क्षेत्रमा लागेकाे वन डढेलाे नियन्त्रणका क्रममा अकस्मात चलेकाे हावा हुरी सहितकाे आागाेकाे लप्कामा परी खरेल गम्भीर घाईते भएका थिए ।

बैशाख १२ गते अपरान्ह डाँडाकाे खाेंच सहितकाे कठिन भूगाेलमा डढेलाे नियन्त्रण गर्दै गर्दा आगाेले पाेलेर घाईते भईका खरेललाई स्थानीयले उद्धार गरी भरतपुर अस्पताल पुराएका थिए ।

खरेलकाे भरतपुर अस्पतालमा उपचार हुन नसके पछि थप उपचारार्थ उनलाई काठमाडौकाे किर्तिपुर स्थित वर्न अस्पतालमा भर्ना गरिएकाे उपचारकै क्रममा उनकाे मृत्यु भएकाे हाे ।

यसैबीच चाैतारी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष लाेकनाथ अर्यालले समूहका तर्फबाट एक बिज्ञप्ती प्रकाशित गर्दै दिवंगत समूह सदस्य खरेल प्रति भावपूर्ण श्रद्धाञ्जली तथा परिवार जनमा समवेदना ब्यक्त गर्नु भएकाे छ ।

देशकाे तराई क्षेत्रमा घामकाे प्रचण्ड तेजका कारण वनमा आगलागी हुने क्रम बढेकाे छ भने सरकार तथा समुदाय स्तरबाट डढेलाे नियन्त्रणका प्रयास पनि भई रहेकाछन् ।