अनुहारको चाया–पोतो कसरी हटाउने ?


सुष्मा महरा

हिजोआज अधिकांश महिलामा चाया–पोतोको समस्या अलि बढी मात्रामा देखिँदै आएको छ । खासमा चाया–पोतो एउटा यस्तो समस्या हो जुन अनुहारको छालाको बाहिरी लेयरमा देखिन्छ । अनुहारको स्किनमा देखिने खैरो वा कालो रङ्गको दागलाई नै चाया वा पोतो भनिन्छ । चाया–पोतोले हाम्रो स्वास्थ्यलाई हानि त गर्दैन तर सौन्दर्यको हिसाबले कुरा गर्दा असहज महसुस हुन सक्छ । महिला तथा पुरुष दुवैमा देखिने यो समस्या विशेष गरी महिलाहरुमा चाहिँ बढी देखिने गरेको पाइन्छ ।

यो समस्या बढी मात्रामा नाक, गाला तथा आँखिभौंको माथिल्लो भागमा देखिन्छ ।

एकपटक चाया–पोतोको समस्या आइसकेपछि हामीले गरेका केयरले जान पनि सक्छ र नजान पनि सक्छ । एकपटक गइसकेपछि फेरि फर्किएर आएको पनि पाइन्छ । कसैलाई घरेलु प्रोडक्ट प्रयोग गर्दा जान्छ भने कसैलाई डाक्टरी औषधि प्रयोग गर्दा पनि जान गाह्रो हुन्छ ।

हिजोआज सामाजिक सञ्जालहरुमा चाया–पोतो जान्छ भनेर विभिन्न खालका क्रिम तथा औषधिहरु देखाइन्छन् । कतिपय त्यस्ता सामग्रीले चाया–पोतो जान्छ पनि, तर कतिपयले चाहिँ हाम्रो अनुहारमा नराम्रो असर गरेको हुन्छ । त्यसैले यस्ता औषधि प्रयोग गर्दा एकदमै विचार पु¥याउनुपर्छ । यदि मेथड पु¥याएर केयर गरिएन भने अनि उल्टो–सुल्टो गरेर लगायौैं भने झन् स्किनलाई सेन्सेटिभ बनाइरहेको हुन्छ ।

हुन त अल्छी नगरी, ध्यान दिएर रुटिन फलो गरी केयर ग¥यौँ भने चाया–पोतो जान्छ है भनेर हामी भनिरहेका हुन्छौँ । किनभने केयरिङ गर्दा विधिअनुसार गर्नुपर्छ । यदि मिलेन भने चाया–पोतो जाने र आउने भइरहन्छ । औषधि प्रयोग गर्दा पीसीएम थेरापी अर्थात् प्रोटेक्सन, क्लिन्जिङ र मेडिसिन वा मोश्चराइजिङ कसरी गर्ने भन्ने कुरामा ध्यान दिइएन भने औषधि लगाउन्जेल जान्छ अनि छोडेपछि फेरि आउन थाल्यो भन्नेहरु पनि हुनुहुन्छ ।

त्यस्तै औषधि प्रयोग गर्दा ध्यान दिनुपर्ने अर्को कुरा भनेको आफूले कस्तो सामान प्रयोग गरिरहेको छु भन्नेमा सजग रहनुपर्छ । चाया–पोतो जान्छ भन्ने विज्ञापनमा लाग्नुहुँदैन । सस्तो मात्र नहेरी त्यसको गुणस्तर र त्यसले गर्ने दीर्घकालीन असरबारे पनि सोच्नुपर्छ । कमसल औषधि गर्दा चाया–पोतो त जान्छ तर स्किन हेर्नै नहुने गरी सेन्सिटिभ पनि बनाउँछ । यस्ता औषधिले धरै छाला लगिदिने, घाम र तातो पर्नै नहुने, यदि परेमा स्किनबाट ब्लड नै झर्लाजस्तो देखिने हुन्छ ।

हाम्रोमा चाइनिज क्रिमहरुको बढी प्रयोगले पनि धेरैको स्किन बिग्रिएको छ । चाइनिज क्रिम नराम्रो त भन्दिन, राम्रा पनि छन् । तर नेपालका लागि भनेर बनाइने क्रिमचाहिँ लो क्लालिटीकै बनाइन्छ । अन्य युरोपियन देशहरुका लागि बनाइएको चाँहि एकदमै राम्रो हुन्छ । हाम्रो देशमा छिर्ने लो क्वालिटीको क्रिमले स्किन बनाउने भन्दा पनि बिगार्ने भएकाले राम्रा डक्टरहरुले पनि लो क्वालिटीको मर्करी भएको क्रिमहरु नलगाउन आग्रह गरिरहनुभएको हुन्छ ।

कतिपय कस्टमरहरु यस्ता क्रिमहरुले हाम्रो स्किनमा कस्तो असर गर्ला भनेर नसोची औषधिमात्र दल्नुहन्छ । यस्ता औषधिहरुले हाम्रो छाला लाने हो तर बिस्तारै लाने कि उसिनेको आलुको बोक्रा ताछेजस्तै लाने हो ? यो औषधिअनुसार हुन्छ ।
चाया–पोतोमा औषधिमात्र नभई क्रिम, सिरम लेजर ट्रिट्मेन्ट आदिको पनि प्रयोग हुँदै आएको छ । यी सबैको काम भनेको माथिल्लो लेभलको छालालाई पिलिङ गर्ने हो, जब पिलिङ गर्छौँ चाया–पोतो जाने काम गर्छ तर आउन रोक्नेचाहिँ होइन ।

बाहिर आएको चाया–पोतो हटाउने तर भित्रबाट आएको चिजलाई चाहिँ नरोक्ने भएकाले पीडितहरु के गर्ने भनेर टेन्सनमा हुन्छन् । तर, हामीले पीसीएम थेरापी अपनाएर चाया–पोतोको उपचार गर्दा बल्ल आउन रेडी भएको चाया–पोतो आउँदैन ।
मैले आफ्नो २६ बर्से सौन्दर्य व्यवसायको दौरानमा धेरैको ट्रिट्मेन्ट गरेँ । धेरैको समस्या समाधान भएको छ । धेरैले चाया–पोतो जान्छ र फेरि आउँदैन भनी ग्यारेन्टी दिन्छन् तर यो ग्यारेन्टी दिन सकिने उपचारचाहिँ होइन ।

योचाहिँ व्यक्तिले गर्ने हेरचाहमा भर पर्छ । चाया–पोतो आएको स्किनमा घाम, धुवाँ, धूलो आदिबाट विषेश जोगाउनुपर्छ । तर घाममा नहिँडी नहुने, भान्छामा पकाउने काम गर्नैपर्नेहरुलाई भने सोही अनुसार उपाय र ज्ञानहरु दिने गरेको छु । कतिपय कस्टमरहरु कहिलेसम्म सजग भएर अनुहारको स्याहार गर्ने ? बीचमा तीन–चार दिन छोडेको थिएँ त्यसपछि झन् हेर्न नहुने गरी फेरि चाया–पोतो आयो भन्ने गर्नुहुन्छ । तर हामीलाई जहिलेसम्म राम्री बन्नु छ त्यहिलेसम्म राम्रो हेरचाह गर्नुपर्छ । हेलचेक्र्याइँ गरियो भने फेरि यो समस्या नआउला भन्न सकिन्न ।
(लेखिका महरा फेसियल हाउसकी सञ्चालक हुनुहुन्छ ।)