दुई पदाधिकारी हराएपछि… 

0
Shares

काठमाडौँ 

धादिङको गजुरीमा मुख्य कार्यालय रहेको नाडेप लघुवित्त संस्थाले आफ्ना कर्मचारी सरुवा गरेकोमा आपत्ति जनाउँदै एक समूह सो कार्यालयमा पुगेको थियो ।

सो कार्यालयले सरुवा गरेका ५ जना कर्मचारी मध्ये ३ जना सरुवा भएको कार्यालयमा गए पनि २ जना सरुवा भएको ठाउँमा  नगएपछि एकीकृत समाजवादी निकट पेशागत महासंघको टोली काठमाडौँबाट माइक्रो रिजर्भ गरेर  २०७९ चैत २९ गते गजुरी पुगेको थियो ।

ट्रेड युनियनमा रहेका आफ्ना कर्मचारीलाई सरुवा नगर्न भन्दै वार्ताको लागि गएको उक्त टोलीले सो संस्थाको प्रमुख कार्यकारी अधिकृतलाई भेट्न खोजेको भएपनि सिइओ उपेन्द्र कार्कीले भेट नदिएपछि टोली काठमाडौँ फर्किएको थियो ।

बिहान काठमाडौँबाट गजुरी गएको १४ जनाको टोली बेलुकी ४ बजेतिर काठमाडौँ फकिए पनि सोही टोलीमा गएका महासंघको पदाधिकारी मध्ये एक महिला र एक पुरुष सोही टोलीसँग काठमाडौँ नआइबीच बाटोमा नै हराएको भन्दै सो टोलीमा सहभागीहरुले कौतुहलता व्यक्त गरेका थिए ।

काठमाडौबाट सँगै  गएका अन्य पदाधिकारी साँझ  ७ बजे काठमाडौँ आए पनि ती दुई पदाधिकारी भने मध्यराति काठमाडौँ फर्किएपछि संगठनले खोजविन गरिरहेको सोही टोलीमा गएका एक नेताले जानकारी दिए ।

‘उहाँहरु हामीसँग  किनसँगै आउनु भएन तर  मध्यराति तिरमात्रै काठमाडौँ आउनु भएको जानकारी हामीले पायौँ’ , ती नेताले भने , ‘यस विषयमा हामीले संगठन र पार्टीलाई पनि जानकारी गराएका छौँ।’