कोरोना सङ्क्रमणबाट थप  एक जनाको मृत्यु

0
Shares

काठमाडौँ। 

कोरोना सङ्क्रमणका कारण फेरि एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जारी गरेको २४ घण्टाको रिपोर्ट अनुसार २ हजार ५ सय १७ जनामा गरेको परीक्षणमा १सय ११ जना नयाँ कोरोना सङ्क्रमित थपिनुका साथै १ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार आइसोलेसनमा १८ जना, आइसियुमा ६ जना र भेन्टिलेटरमा १ जना सहित सक्रिय सङ्क्रमित ३ सय ७८ जना रहेको जनाएको छ ।

कोरोनाबाट जोगिन माक्स लगाउने, बारम्बार हात धुने र स्वास्थ्य सुरक्षा अपनाउने विषयमा जोड दिँदै आएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनमानसको ध्यान केन्द्रित गर्न माक्स लगाएका र नलगाएका व्यक्तिको संवादका रुपमा किन हिँड्ने लखर लखर काम न काज मास्क नलगाई हिँडे त हुन्छ है लाज भन्दै व्यङ्ग्य चित्र सार्वजनिक गरेको छ ।