सशस्त्र प्रहरीद्वारा विभिन्न किसिमका अवैध सामान नियन्त्रणमा

0
Shares

कञ्चनपुर।

जिल्लाको भिमदत्त नगरपालिका ११ स्थित चौकीसत्ता ईलाकाबाट बिहीबार सशस्त्र प्रहरीले करीव ५ लाख ३९ हजार रुपैयाँ बराबरको विभिन्न
किसिमका सामानसहित ४ थान साईकल नियन्त्रणमा लिएको छ ।

भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको लत्ताकपडा, जुत्ताचप्पल, किटनाषक औषधि सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डाचौकी (विओपी गड्डाचौकी¬) ले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिईएको सामान तथा साईकल गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुरमा बुझाइएको छ प्रहरीले जनाएको छ ।