श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँसहित दुई जना प्रहरीको नियन्त्रणमा

0
Shares

सुनसरी।

सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ स्थित सीमा ईलाकाबाट बैशाख मंगलबार सशस्त्र प्रहरीले ४ लाख ३४ हजार ७ सय २० नेपाली रुपैयाँ र ५९ हजार ६ सय १० भारतीय रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका सोही जिल्लाको ईटहरी उपमहानगरपालिका १२ बस्ने १८ वर्षीय सुरेश लिम्बु र १७ वर्षीय विकाश मण्डललाई सशस्त्र प्रहरी
बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुर (बिओपी हरिपुर)ले उल्लेखित रुपैयाँसहित नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिइएकालाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाईएको छ ।