मेवाको पकेट क्षेत्र विकास गर्न गाउँपालिकाको आर्थिक सहयोग 

0
Shares

रामेछाप ।

 खाँडादेवी गाउँपालिकाले मेवा पकेट क्षेत्र विकास गर्न कृषकहरुलाई आर्थिक सहयोग गरेको छ । गाउँपालिकाले कृषिजन्य उत्पादनको वृद्धि गर्न वडाहरुलाई पकेट क्षेत्रको रुपमा विकास गर्ने अभियान सञ्चालन गरेको हो ।

यसका लागि खाँडादेवी गाउँपालिका वडा न. ८ लाई गाउँपालिकाले पेवा पकेट क्षेत्रको रुपमा विकास गर्ने गरी अभियान तथा अनुदानको कार्यक्रम सञ्चालन गरेको खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञान कुमार श्रेष्ठले बताउनु भयो ।

वडा नं १ राकाथुमलाई मकै पकेट क्षेत्रको रूपमा विकास गरिरहेको खाँडादेवी गाउँपालिकाले वडा नं ८ गागललाई मेवाको पकेट क्षेत्रका रूपमा विकास गर्ने भएको हो । वडा नं ८ गागलभदौरेमा मेवा उत्पादन राम्रो भइरहेको र यहाँको किसानहरू मेवाको खेतीमा आकर्षित बनेपछि गाउँपालिकाले यो वडालाई मेवाको पकेट क्षेत्रको रूपमा विकास गर्ने भएको हो ।

यो वडालाई मेवाको पकेट क्षेत्रको रूपमा विकास गर्न वडाका किसानहरूलाई खाँडादेवी गाउँपालिकाको आर्थिक तथा हेल्फर परियोजनाको प्राविधिक सहयोग र गाउँ विकास केन्द्रको सहजीकरणमा किसानहरूलाई मेवाको बिरुवा, सिँचाइका लागि ड्रम र पाइप प्रदान गरिएको छ । वडा नं ८ गागलभदौरेलाई मेवाको पकेट क्षेत्र बनाउने उद्देश्यका साथ यो वडाका किसानलाई ती हजार बोट मेवाको बिरुवा, प्रत्येक मेवा खेती गर्ने किसानलाई जनही १००० लिटरको प्लास्टिकको ड्रम र २०० मिटर पाइप वितरण गरिएको हेफर रामेछापका कार्यक्रम संयोजक माधव ढकालले बताउनुभयो ।