जगन्नाथ आचार्य जुझारु र सिद्धान्तमा अडिग नेत : सभापति देउवा

0
Shares

भक्तपुर ।

नेपाली कांग्रेशका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्व.जगन्नाथ आचार्य पार्टीप्रति बफादार ,जुझारु र सिद्धान्तमा अडिग नेता भएको बताउनुभएको छ ।

कांग्रेस नेता एवं पूर्वमन्त्री स्व.जगन्नाथ आचार्यको जन्म शताब्दी समारोहमा बोल्दै सभापति देउवाले नेता आचार्य किसानका हक हितका लागि लडेका ब्यक्ति रहेको बताउनुभयो ।

उहाँले पार्टीका अग्रपङ्क्तिका नेता आचार्यको योगदान र विचारको पर्याप्त प्रचार हुन नसकेको भन्दै आगामी दिनमा पार्टीले त्यस तर्फ ध्यान दिने बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री ओमकार श्रेष्ठले नेता आचार्य सत्ता मोहलाई त्यागेर पार्टी हितमा लाग्ने नेता भएको स्मरण गर्नुभयो ।

प्रतिनिधिसभा सदस्य एवं नेपाली काँग्रेसका जिल्ला सभापति दुर्लभ थापाले अहिलेको लाभ हानिमा जोडिएको राजनीतिक परिवेशमा नेता आचार्यको जीवनीबाट पार्टीका नेता कार्यकर्ताले पाठ सिक्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्यद्वय मदनकृष्ण श्रेष्ठ र गंंगालक्ष्मी अवाल,तरुण दलका पूर्व केन्द्रीय अध्यक्ष विनोद कायस्थ, नेता आचार्यका पुत्र विनोद आचार्य,पार्टीका निर्वाचन क्षेत्र नंं.२ का सभापति भेषबहादुर कार्की  लगायतले नेता आचार्यको योगदानको चर्चा गर्नुभयो ।

कार्यक्रममा  सभापति देउवाले भक्तपुर क्याम्पसका जेहेन्दार छात्रा सरु कोजुलाई २५ हजार नगद सहित जगन्नाथ आचार्य स्मति पुरस्कार प्रदान गर्नुभयो ।