बारा-२ को पछिल्लो मतपरिणाम सार्वजनिक : कसको मत कति ?

0
Shares

बारा ।

बारा २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी छ । करैयामाई गाउँपालिका १ को स्वास्थ केन्द्र मतदान केन्द्र २ को नेरामाबि केन्द्रको जम्मा गणना भएको २०७४ मत मध्ये नेकपा एमालेका पुरुषोत्तम पौडेलले ५१० प्राप्त गरेका छन्। यस्तै जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले ६०१ मत प्राप्त गरेका छन्।

यसैगरी जसपाका उम्मेदवार उपेन्द्र यादवले ५७१ मत प्राप्त गरेका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले २३६ मत प्राप्त गरेका छन ।