तनहु–१ को मतपरिणाम : २५ हजार मत गन्दा स्वर्णिम वाग्ले ५ हजारले बढी

0
Shares

तनहुँ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले ५ हजार भन्दा बढी मतले अगाडी परेका छन् । तनहुँ क्षेत्र नम्बर– १ उपनिर्वाचनको मतगणना आउने क्रम जारी रहदा आफना मुख्य प्रतिस्पर्धी भन्दा वाग्ले ५ हजार मतले अगाडी परेका छन । अहिलेसम्म २५ हजार ३ सय ६९ मतगणना सकिएको छ ।

यसैगरी, जारी मतगणनाको पछिल्लो मतपरिणामअनुसार वाग्लेले १२ हजार ७०५ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ७ हजार ६४७ मत प्राप्त गरेका छन । एमालेका सर्वेन्द्र खनालले ४ हजार २२० मतमा सिमित भएका छन । मतगणना जारी छ ।