बारा । प्रतिनिधि सभा सदस्य अन्तर्गत आइतबार बारा २ मा सम्पन्न उपनिर्वाचनको मतगणना केहीबेरमा हुने भएको छ ।
भर्खरै सम्पन्न सर्वदलीय बैठकले मतगणना केहीबेरबाट शुरु गर्ने निर्णय भएको बारा प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए ।
सबै दलका प्रतिनिधि आइनसेकोका कारण अझै केही समय लाग्ने बताईएको छ । बाराको कलैयास्थित शिक्षा तालिम केन्द्रमा कडा सुरक्षाबीच मतगणनाको व्यवस्थापन मिलाएको छ भने मतगणना स्थलमा तारजाली तथा सिसि क्यामेरासमेत जडान भएको प्रजिअ सापकोटाले बताए ।
बारा २ मा ६५ प्रतिशत मत खसेको थियो । त्यहाँबाट ३४ उम्मेदवार चुनावी मैदानमा रहेपनि जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका शिवचन्द्र कुशवाहाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । एमालेका पुरुषोत्तम पौडेल र रास्वपाका रमेश खरेल पनि मैदानमा छन् ।











प्रतिक्रिया