उपनिर्वाचन : कुन क्षेत्रमा कति प्रतिशत खस्यो मत ?

0
Shares

काठामाडौं ।

प्रतिनिधिसभाको उपनिर्वाचनमा तीन वटा निर्वाचन क्षेत्रमा मतदान भइरहेको छ ।  बिहान ७ बजेदेखि तीनवटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । अहिलेसम्म बारा–२ मा १५ प्रतिशत मतदान भएको छ भने चितवन–२ मा २० प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयकाअनुसार तनहुँ–१ मा ३० प्रतिशत मत खसेको छ ।

तीनवटै निर्वाचन क्षेत्रका मतदानस्थलमा सुरक्षा व्यवस्था मजबुत बनाइएको छ । बिहान मतदान सुरु हुनुभन्दा अगावैदेखि मतदाताहरु लाइन लागेका थिए । मतदानस्थलमा मतदाताको चहलपहल बढ्दै गएकोछ ।

बारा-२ मा जसपाका उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, नेकपा एमालेका पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल र आम जनता पार्टीका अरुण ज्ञवालीबीच बहुपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।

चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने, नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपाने मुख्य प्रतिस्पर्धी देखिएका छन् । तनहुँमा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले र एमालेका सर्वेन्द्र खनाल मुख्य प्रतिस्पर्धी छन् ।