एकसय १० जनाको नि:शुल्क मुटु परीक्षण

0
Shares

धादिङ ।

धादिङ बेसीमा शनिवार भएको नि:शुल्क मुटु परीक्षण शिविरमा १ सय १० जनाले सेवा लिएका छन् ।
मुटुको समस्या भोगिरहेका, र मुटु सम्बन्धी समस्याहरु देखा परेका बिरामीहरूका लागि सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको विशेषज्ञ टोलीले एकदिने शिविर सञ्चालन गरेको हो ।

धादिङ अस्पतालकाे सहकार्यमा सञ्चालन गरिएको  शिविरमा ७५ जनाको इको र ९० जनाको ईसिजि गरिएको थियो ।
सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका डा. रवीन्द्र सिंखडाकाे नेतृत्वमा शिविर सञ्चालन भएको धादिङ अस्पतालका सूचना अधिकारी डा. रामचन्द्र रिजालले बताउनुभयो ।

हरेक महिनाको  पहिलो र तेस्रो शनिवार सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सहयोगमा धादिङ अस्पतालमा मुटु परीक्षण हुने छ ।