कास्की ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाउन असफल भएका छन् ।
प्रदेश सभाको शनिबारको बैठकमा उनले विश्वासको मत पाउँ भनी गरेको प्रस्ताव निर्णयार्थ प्रस्तुत हुँदा मुख्यमन्त्रीले बहुमत प्राप्त गर्न नसकेका हुन् । योसँगै एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार करिब एक सय दिनमै ढलेको छ ।
६० सदस्यीय प्रदेश सभामा मत विभाजन हुँदा २४ सांसदले मात्र उनलाई विश्वासको मत दिएका छन् । विपक्षमा ३५ मत खसेको छ । बहुमतका लागि ३१ मत आवश्यक पर्छ ।
गण्डकी सरकार ढलेसँगै अब प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नयाँ सरकार गठनका लागि आह्वान गर्ने छन् ।











प्रतिक्रिया