कोभिडबाट बच्ने एउटै उपाय खोप



काठमाडौँ। 

कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशैभरि सबै नागरिकलाई सचेतना अपनाउनुका साथै स्थानीय निकायबाट कोरोना विरुद्धको खोप लगाउन आव्हान गरेको छ । खोप व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयले सम्पूर्ण व्यवस्था मिलाएको र स्थानीय निकायले तोकेको स्थान र समयमा खोप लगाएर सुरक्षित हुन अनुरोध गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार  १ हजार ६ सय ४५ जनामा गरिएको परीक्षणमा १ सय ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनाएको छ भने ६१ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३ सय ९७ जना रहेका छन् । यो अवधिमा मृत्युको सङ्ख्या शून्य रहेको उल्लेख गरिएको छ र ८ हजार ९ सय ५८ जनाले खोप लगाएका छन् । हाल सम्म नेपालमा कोरोना सङ्क्रमणका कारण १२ हजार २५ जनाको मृत्यु भएको छ । पछिल्लो समय धेरै दीर्घरोगी तथा जेष्ठ नागरिकको कोरोना सङ्क्रमणका कारण मृत्यु भएकोले ज्येष्ठ नागरिकहरुलाई कोरोना विरुद्धको खोप लगाउन राज्यले उपलब्ध गराएको सुविधा लिन स्वयम व्यक्ति तथा परिवारको सक्रियताको खाँचो रहेको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा.समीर कुमार अधिकारी बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्