सवारी दुर्घटना हुँदा श्रीमान् श्रीमतीसहित तीन जनाको मृत्यु

0
Shares

महोत्तरी । 

सवारी दुर्घटनामा परी महोत्तरीमा नवविवाहितता दम्पतीको मृत्यु भएको छ । बुधवार दिउँसो महोत्तरीको गौशालास्थित जङ्गलमा भएको सवारी दुर्घटनामा परी श्रीमान्, श्रीमती र एक बालिकाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सिरहा कल्याणपुर नगरपालिका-१० का २६ वर्षीय अमृत मण्डल, उनकी श्रीमती २४ वर्षीया अन्जु मण्डल र भतिजी ६ वर्षीया अंशु मण्डल छन् । अमृत र अन्जु श्रीमान् श्रीमती  हुन् । विवाह भएको दुई महिनामै उनीहरूको मृत्यु भएको हो ।

आज दिउँसो अमृतले (ससुराली)बाट श्रीमतीलाई लिएर घरतर्फ गइरहेकोमा जङ्गलमा रहेको रेल्वे टयाक नजिकको मोडमा मोटरसाइकल बससँग ठोक्किँदा तीनै जना गम्भीर रूपमा घाइते भएका थिए ।

अमृत र अंशुको बर्दिबासस्थित शुभस्वस्तिक हस्पिटलमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । त्यस्तै अन्जुको बर्दिबास ट्रमा सेन्टरमा उपचारको क्रममा ज्यान गएको प्रहरीको भनाइ छ ।

 महोत्तरी प्रहरीले गौशालाबाट बर्दिबासतर्फ गइरहेको मधेस प्रदेश ०१ ०१-००४ प ६८१९ नम्बरको मोटरसाइकल गौशालातर्फ आइरहेका बा३ख २३९६ नम्बर बसमा ठोकिएको थियो ।