शोकाकुल माहोललाई सक्रिय जीवन बाँचेका उत्सवका रूपमा मनाइने

0
Shares

ललितपुर । राधादेवी जोशीको निधनसँगै ललितपुरको बखुम्बहालस्थित स्वर्गीय सत्यमोहन जोशीको निवासमा अहिले पूरै सन्नाटा छाएको छ, तर परिवारले भने शोकको माहोललाई उत्सवका रूपमा मनाउने प्रण गरेका छन् ।

जेठो छोरा अनुराज जोशी भन्नुहुन्छ– ‘सक्रिय जीवनपछि आउने भनेको मृत्यु हो । आमा र बुबाको सय वर्षसम्मको ऊर्जाशील जीवन देख्न मौका मिलेपछि आएको मृत्यु सहज, स्वाभाविक हो । हाम्रा निम्ति बुबा र आमाले सक्रिय जीवन बा“च्नुभएको उत्सव हो ।’ उहाँले आफ्नी आमा राधादेवीलाई एउटा प्रेरणादायी, अतिथि सत्कारमा र घर व्यवहारमा कुशलका साथै सामाजिक कार्यमा उत्साह दिने व्यक्तिका रूपमा लोकसाहित्य परिषद्का पदाधिकारीहरूले लिएको बताउनुभयो ।

स्वर्गीय वाङ्मय शताब्दी पुरुष जोशीसँग ८६ वर्ष सँगै जीवन बिताएकी राधादेवीको वैशाख २ गते शनिबार बिहान ५ बजेर ५६ मिनेटमा निधन भएको थियो । किस्ट अस्पतालका निर्देशक प्रा.डा सुरज बज्राचार्यका अनुसार जोशीको सेप्टिक सक र हृदयघातबाट निधन भएको थियो । गत चैत्र १६ गते निमोनियाको संक्रमण भएपछि उहाँलाई अस्पतालमा भर्ना गरिएको थियो ।

सत्यमोहन जोशीको निधन भएयताको सात महिनामा राधादेवीलाई भेट्न थोरै भए पनि मानिसहरू आउने गर्दथे । केही चहलपहल बा“की थियो । सत्यमोहनको बारेमा सोध्न र बुझ्न मानिसहरू आउने गर्दथे । अहिले त्यहा“को माहोल पूरै सन्नाटामा बदलिएको अनुभव त्यहा“ आउनेहरूलाई हुन थालेको छ । हुन त तीन वर्षअघि जोशीको जन्मशताब्दी महोत्सव मनाउ“दा उहा“कै इच्छाअनुसार निवासलाई लोक साहित्य संग्रहालयको रूपमा परिणत गरिएको थियो ।

लोक साहित्य परिषद्ले सोमबार जोशी निवासमा आयोजना गरेको श्रद्धाञ्जली सभामा छोरी कावेरी जोशीले भन्नुभयो– ‘तपाईंहरू सबैलाई थाहा भएकै कुरो हो । यो घरमा कति चहलपहल हुने गर्दथ्यो । बुबा बिते पनि थोरै नै भए पनि झलमल केही बा“की थियो झैं लाग्दथ्यो । आमा पनि बितेपछि त मलाई यो ठाउ“ नै उराठलाग्दो झैं अनुभूत भएको छ ।’

श्रीमान् ७८ वर्ष र म आफैं ७६ वर्षको भइसकेकोले आमा बुबालाई हरेक दिन हेर्न आउन नसकेकोमा विस्मात गर्दै उहा“ले भन्नुभयो– ‘तैपनि भाषा, साहित्यनुरागी, इतिहास, संस्कृतिप्रति जिज्ञासु भएका कोही न कोही बुबा र आमालाई हेर्न आउनुहुन्थ्यो । अब त यो घर सुनसान झैं लाग्न थालेको छ ।’

लामो समयसम्म अध्यापनमा सक्रिय रहेका कावेरीले भन्नुभयो– ‘हुन त आमाको बुबाको जस्तो व्यक्तित्व थिएन । बुबा सधैं बाहिर सक्रिय हुने र घरको कामको बोझले आमालाई सधैं थिचेको हुन्थ्यो । तैपनि नया“ कुरा सिक्ने अभिलाषा थियो ।’

राधादेवीको १४ वर्षको उमेरमा सत्यमोहन जोशीसँग विवाह भएको थियो । विवाहअघि पढ्न लेख्न नजान्ने राधादेवीले श्रीमान जोशीकै पे्ररणाले घरमै बसेर पढ्न, लेख्न सिक्नुभएको थियो । त्यतिबेलादेखि नै उहाँले भेटिएका जतिलाई छोरीलाई पनि पढाउन सल्लाह दिने गरेको कावेरीले बताउनुभयो ।

जोशी निवासमा बज्रयानी बुद्धधर्मावलम्बीमाझ अष्टसहस्रीका प्रज्ञापारमिता ग्रन्थ पाठ गर्ने परम्परा रहेको छ । प्रज्ञापारमिता भनेको बुद्ध ज्ञान र दर्शनको शून्यतावादसम्बन्धी मुख्य ग्रन्थ हुन् । लिच्छिवकालीन विभिन्न बौद्ध विहार (बहाःबही)मा अझ पनि प्रज्ञापारमिता पाठ गर्ने परम्परा जीवन्त रहेको छ भने त्यससँगै बुद्ध धर्मसँग सम्बन्धित नामसंगीति पनि पाठ हुँदै आएको छ ।

जोशी निवासमा विगत तीन दशकभन्दा बढी समयदेखि महिलाहरूबाट प्रज्ञापारमिता पाठ गराउने परम्परा चलाउनुमा राधादेवीको मुख्य भूमिका रहेको छ । अहिले पनि विशेषतः पुरुषहरूले मात्र सो ग्रन्थ पाठ गर्ने गरेका छन् । श्रीमान्को संगतले प्रज्ञापारमिताबारे सुनेका राधादेवीले अरू महिलाहरूसँगै प्रज्ञापारमिता पाठ गर्ने र यसबारे चर्चा गर्ने गर्दै आउनुभएको थियो। श्रीमानसँगै चीन जा“दा राधादेवीले सो पुस्तक लिएर जानुभएको थियो । नेपाली भाषा बोल्न नजान्ने राधादेवी सो ग्रन्थ पाठ गरिसकेपछि निकै गर्व गर्ने र फूर्तिलो एवं आनन्दित देखिने परिवारहरू बताउ“छन् ।

महिलाहरूमा ज्ञान बा“ड्न आमाको तत्परताबाट आफू निकै प्रभावित भएको कान्छा छोरा डा. पूर्णराज जोशीले भन्नुभयो– ‘आमा नेवाः खानाका विविध प्रकार बनाउन निकै सिपालु हुनुहुन्थ्यो । खान बनाउने कामप्रतिको रुचिले गर्दा उहा“ले चीनमा बस्दा चिनिया“ परिकार बनाउन पनि चा“डै सिक्नुभयो । आमाबुबा दुवै यत्रो वर्षसँगै बा“च्नुभयो, जीवनमा निकै सक्रिय रहनुभयो । त्यसैले गर्दा आमाको मृत्युलाई हामीले दुःखका रूपमा लिन्नौं । उत्वसका रूपमा मनाउने प्रण गरेका छौं ।’

पूर्णराजसँगै राधादेवीका ७८ वर्षीय छोरा अनुराज, माइलो हेमन्तराज गरी तीन छोरा छन् भने कावेरी, गंगा र खड्गलक्ष्मी गरी तीन छोरीहरू छन् ।

राधादेवीले जीवित छ“दाको व्यक्त गर्नुभएको इच्छाअनुसार उहाँको पार्थिव शरीर पनि इमाडोलस्थित किस्ट मेडिकल कलेजलाई दान गरिएको छ । यसअघि शताब्दी पुरुष एवं वरिष्ठ संस्कृतिविद् जोशीको शरीर यसरी नै दान दिइएको थियो । सय वर्षसम्म बा“चेको रहस्य चिकित्सा विज्ञानका विद्यार्थीहरूको जानून् भनेर शरीर दान दिने इच्छा व्यक्त गरिएको थियो । सो शरीर चिकित्सा विज्ञानका विद्यार्थीहरूलाई प्रयोगात्मक ज्ञान हासिल गर्नका लागि प्रयोग गरिने अस्पतालले जनाएको छ ।