इन्धनको मूल्यमा बृद्धि (मूल्यसहित)

0
Shares

काठमाडौं । नेपाल आयल निगमले भारतबाट इन्धनको मूल्य बढेर आएको जनाएको छ ।

हरेक १५,१५ दिनमा भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको मूल्यसूची पठाउँछ । आईओसीले पठाएको नयाँ मूल्य सूचीमा पेट्रोल र डिजेलको मूल्य बढेर आएको निगमले जनाएको छ ।

निगमका अनुसार पेट्रोल प्रतिलिटर करिब साढे ६ रुपैयाँ र डिजेल प्रतिलिटर करिब १ रुपैयाँ बढेर आएको हो । आयल निगमले हाल उपभोक्तालाई पेट्रोल प्रतिलिटर १७५ तथा डिजेल १६५ रुपैयाँमा बिक्री गर्दै आएको छ ।