सुन-चाँदीको भाउ स्थिर

0
Shares

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ। यता, तेजाबी सुन भने प्रतितोला एक लाख ९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार पनि सोहिमूल्यमा सुनको भाउ निर्धारण भएको थियो । महासंघका अनुसार सोमबार चाँदीको मूल्य भने स्थिर छ । साेमबार चाँदी प्रतितोलाई १४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।