वर्ष २०७९ ले गुमाएका कलाकर्मी

0
Shares

२०७९ सालमा नेपाली कला, गीत संगीत र फिल्म क्षेत्रले नौ व्यक्तित्वलाई गुमाएको छ। यीमध्ये केही कलाकर्मीको दुर्घटना, हत्याजस्ता अस्वाभाविक निधन भएको छ।

जेठ १ गते फिल्म निर्देशक हेमबहादुर लामाको ९४ वर्षको उमेरमा निधन भयो। हृदयाघातका कारण अस्पताल भर्ना गरिएका उनको उपचारका क्रममा महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालमा निधन भएको हो। उनले निर्देशन गरेको फिल्म आदर्श नारी त्यस बेलाको सफल फिल्म मानिएको थियो भने त्यसै फिल्मबाट उनका पुत्र क्याप्टेन विजय लामासँगै मोहन निरौला, अंशुमाला शाही, सन्नी रौनियारलगायतले ब्रेक पाएका थिए।

असार ११ गते लोक गायिका दिलमाया सुनार राजधानीको नेपालटारस्थित डेरामा मृत अवस्थामा भेटिइन्। राति पौने ११ बजे घरबेटीले उनको कोठाको ढोका खुल्लै रहेको र उनी मृत अवस्थामा भेटिएपछि प्रहरीलाई खबर गरेका थिए। सुर्खेत घर भएकी ३० वर्षीया दिलमायाले आफूलाई बाँच्न कठिन भएको भन्दै फेसबुकमा स्ट्याटससमेत लेखेकी थिइन्। अनुसन्धानको क्रममा सिन्धुपाल्चोक साँगाचोकगढीका सूर्य श्रेष्ठ भन्ने खिलबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको थियो। उनले आफूले दिलमायाको हत्या नगरे पनि आफूहरु दुवैले घरेलु मदिरा पिएर एकै कोठामा सुतेको र आफू उठ्दा दिलमाया झुन्डिएको अवस्थामा देखेको तथा बिहान उठ्दा दिलमाया सुतेकै ओछयानमाथि पासो लगाएर झुन्डिरहेको देखेकाले डरका कारण सल लिई भागेर चक्रपथस्थित नालीमा फ्याकेको प्रहरी बयानमा बताएका थिए।

साउन २५ गते छायाँकार विदुर पाण्डेको हृदयाघातका कारण निधन भयो। अचानक स्वास्थ्यमा समस्या देखिएपछि सितापाइलास्थत निवासबाट आफै गाडी चलाएर शहीद गंगालाल अस्पताल पुगेका उनको उपचारको क्रममा निधन भएको थियो। कागबेनी, भुइँमान्छे, स्वर, पण्डित बाजेको लौरीलगायतका फिल्मको छायाँकार रहेका उनले म्युजिक भिडियो, डकुमेन्टझी, टेलिभिजन कार्यक्रम र म्ययुजक भिडियो समेत छायाकंन गरेका थिए। उनको श्रीमती र एक छोरा छन्।

जुंगे भद्मराईका उपनामले ख्याति कमाएका कला निर्देशक, डझेस म्यान, डझेस डिजाइनर, कलाकार तथा देउडा गायक उद्धवराज भद्मराईको ६६ वर्षको उमेरमा भदँै १८ गते निधन भयो। लामो समयदेखि क्षयरोग र दमको समस्याबाट पीडित उनको उपचारका लागि बैतडीबाट काठमाडौं आउने क्रममा चितवनमा बसमै निधन भएको थियो। सुरुमा डझेसम्यान र त्यसपछि डझेस डिजाइनर, कला निर्देशक, कलाकार हुँदै जीवनभर नेपाली फिल्म क्षेत्र र यसमा संलग्न कलाकारको सेवा गर्दै आएका भद्मराई केही वर्षअघि रोगले च्यापेपछि र धुवाँ धूलोका कारण समस्या थपिएपछि आप्mनो गृहक्षेत्र बैतडीमा बस्दै आएका थिए। बैतडी पाटन १ का भद्मराईको आर्थिक अभावका कारण उचित उपचार हुन सकेको थिएन। केही वर्ष अघिदेखि चलचित्र विकास बोर्डले दिँदै आएको मासिक पाँच हजार रुपियाँसमेत रोकिदिँदा भद्मराईले ६ जनाको परिवार मुस्किलले धान्दै आएका थिए। जमानाका बाघ निर्देशक स्व. प्रकाश थापाको फिल्म सन्तानबाट फिल्मको कला निर्देशनमा प्रवेश गरेका उनी साँढे चार दशकदेखि नेपाली फिल्म क्षेत्रमा कला तथा भेषभूषा निर्देशक तथा डिजाइनरको रुपमा सक्रिय थिए।

फिल्म माया पिरतीको सुटिङको बेला नेपाल समात्रारपत्रको सहप्रकाशन कामना मासिकका प्रधान सम्पादक स्व. पुष्करलाल श्रेष्ठले उनको अन्तर्वार्ता लिई जुुंगे भद्मराई शीर्षकमा छापिदिएपछि उनी सोही नामबाट स्थापित भएका थिए। उनका श्रीमती तीन छोरा र एक छोरी रहेका छन्।

पुस २४ गते निर्देशक अरुणकुमार झाको ७२ वर्षको उमेरमा हृदयघातबाट निधन भयो। विभिन्न रोगसँग जुध्दै आएका उनको दोस्रोपटक हृदयाघात भएपछि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा निधन भएको हो। सोल्टिनी, चण्डाल, भुतुक्कै भए निजस्ता एक जमानाको हिट फिल्मका निर्देशक झाले सोल्टिनीकी नायिका मेघा पोखरेलका साथ दोस्रो विवाह गरेका थिए। सप्तरीको राजविराजका झाको जेठी श्रीमतीबाट दुई छोरा छन्। झाले केही सिरियल र वृत्तचित्र पनि निर्देशन गरेका थिए।

माघ १ गते पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परी लोकगायिका नीरा छन्त्यालको निधन भयो। माघे संक्रान्तिको अवसरमा पोखरामा हुन लागेको सांगीतिक कार्यक्रममा सहभागी हुन पोखरा प्रस्थान गर्ने क्रममा भएको प्लेन दुर्घटनामा प्लेनमा सवार ७२ सहित उनको पनि निधन भएको थियो।

माघ २४ गते अभिनेता पदमप्रसाद पौडेलको ९० वर्षको उमेरमा बुढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भयो। लामो समयदेखि मधुमेह, उच्च रक्तचाप र बाथको समस्यासँग जुध्दै आएका उनलाई करिब तीन महिनाअघि बुढानीलकण्ठस्थित आफ्नै निवासमा लडेर टाउकोमा सामान्य चोट लागेपछि हिँडडुल गर्न समस्या हुँदै आएको थियो। जसका कारण थला परेपछि उनको परिवारले चिकित्सकको निगरानीमा घरमै आराम गराएर राख्दै आएको थियो।

लामो सयमसम्म पत्रकारिता र शिक्षण पेशा अपनाई कलाकारिता क्षेत्रमा सक्रिय रहँदै आएका अभिनेता पौडेल संखुवासभाको चैनपुर नगरपालिकामा १९९० सालमा जन्मिएका थिए। पदमप्रसादले भारतमा आर्एएसम्मको पढाइ पूरा गरी तेह्रथुमको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा सेवा गरेका थिए। संखुवासभामा रहेर अध्यापन गराउने क्रममा उनले संखुवासभाकै पहिलो पत्रकारको पहिचानसमेत बनाएका थिए। राससमा आबद्ध भई पूर्वाञ्चलका १६ जिल्लाबाट २२ वर्षसम्म पत्रकारिता गरेका उनले राससबाट अवकाश भएपछि कलाकारिता शुरु गरेका थिए। विभिन्न फिल्म, टेलिफिल्म, म्युजिक भिडियो र विज्ञापनका विभिन्न भूमिकामा अभिनय गर्दै आएका पदमले फिल्मी क्षेत्रमा पदम बाको रुपमा पहिचान बनाएका थिए। उनको परिवारमा श्रीमती, पाँच छोरा हुई छोरी छन्।

फागुन २२ गते लोकप्रिय लोकगायक राजेन्द्र लम्सालको ६० वर्षको उमेरमा निधन भयो। उच्च रक्तचाप, कलेजो र पिसाबसम्बन्धी समस्यासँग जुध्दै आएका उनको हृदयघातका कारण स्पेनका एक अस्पतालमा निधन भएको थियो। रेडियो नेपालका अब्बल दर्जाका गायक उनी १२ वर्षदेखि स्पेनमा बस्दै अँएका थिए भने केही समय अघिदेखि नै अस्वस्थ थिए। उनले गाएको जापान टोकियो लोक दोहोरी गीतमा सर्वाधिक लोकप्रिय बन्न पुगेको थियो। उनको कागती गेडी खुर्सानीको ढेडी, आमा तिम्रो दूधको धारा, पारी प¥यो भीर, नीलो पछ्यौरी, शिरमा रिबन, भीरको टुनी हो, मस्र्याङदीको पुल, राइनासकोटको भीर, गैरी खेतमा मूल, आउ है मेलैमा, आमा छाती चिरिन्छ, पोखराको माटेपानी, पानी पर्दा उसैलाई, मस्र्याङ्दीको पुल, ज्याग्दी खोला किनारै, मुसलधारे पानी प¥या छजस्ता दर्जनौं गीत लोकप्रिय छन्। उनका श्रीमती, तीन छोरा तथा एक छोरी छन्। उनका छोरा सागर लम्साल ञबलेु लोकप्रिय हास्य कलाकार तथा मोडल हुन्।

दार्जिलिध्रमा जन्मेर जीवनभर नेपाली फिल्म तथा कला क्षेत्रको सेवा गर्दै आएका ख्यातिप्राप्त फिल्म निर्देशक प्रताप सुब्बाको ७९ वर्षको उमेरमा चैत्र २ गते भारतको सिलगढीस्थित एक अस्पतालमा उपचारका क्रममा निधन भयो। २००३ सालमा दार्जिलिध्रमा जन्मिएका उनले स्नातकसम्मको अध्ययनपछि बंगाली भाषाको पहाडी हात छानीबाट निर्देशकीय यात्रा शुरु गरेका थिए। सोही बेलादेखि बंगाली तथा नेपाली भाषाका नाटकमार्फत उनले रंगमञ्चमा सक्रियता देखाएका थिए। निर्देशकका रुपमा रातको प्रथम प्रहरजस्तो नाटक तयार पारी दार्जिलिध्र र नेपालमा सफल मञ्चन गरिसकेपछि प्रतापले नेपाली फिल्म क्षेत्रलाई परालको आगोजस्तो बलियो फिल्म दिएका थिए। श्यामश्वेत प्रविधिमा बनेको परालको आगोमा देखाएको निर्देशकीय खुबीकै कारण उनलाई मौलिक नेपाली फिल्म निर्देशकको प्रणेतासमेत मानिन्छ। उनले सोही फिल्मबाट पहिलोपटक नेपाल बाहिर अर्थात् भारतको दार्जिलिङमा रहेर नेपाली फिल्म निर्देशन र निर्माण गरेका थिए। उनले परालको आगोभन्दा अघि इन्द्रबहादुर राईको कथामा सपना कतिपय नामक फिल्मको निर्माण कार्य शुरु गरेका थिए। तर, निर्माणकै क्रममा निर्माताहरुको लापरबाहीका कारण त्यसको रिल जलेर ध्वस्त भएपछि सो फिल्म पूरा हुन सकेन। सुब्बाले २०३९ सालमा बाँच्न चाहनेहरू नामक भिडियो फिल्म निर्देशन गरेका थिए। फिल्म र टेलिफिल्म निर्माणका लागि नेपाल र दार्जलिङ ओहोर दोहोर गरिराख्ने प्रतापले त्यसपछि २०३४ सालमा परालको आगो, २०४२ सालमा मसाल, २०४५ सालमा कहीं उज्यालो कहीं अँध्यारोजस्ता फिल्म दार्जिलिध्रमा नै रहेर निर्देशन गरेका थिए। उनले दिदी, चट्याङ, भीष्म प्रतिज्ञाजस्ता फिल्मको लेखन र निर्देशन कार्य गरेका थिए। नेपाली कला जगतका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले प्रतापले काठमाडौंमा डायमन्ड एक्टिङ इन्स्टिच्युट र सिने युनिभर्ससमेत सञ्चालन गरी अभिनय, नृत्य, छायांकन, निर्देशन, लेखनजस्ता विभिन्न विधाका दर्जनौं कलाकर्मी उत्पादन गरेका थिए।