कला क्षेत्रका लागि सुध्रिएको वर्ष २०७९

0
Shares

वर्ष २०७९ कला र फिल्म क्षेत्रका लागि सुधारिएको वर्ष सावित भएको छ। २०७६ सालमा विश्वभर कोरोना भाइरस महामारी पैmलिन पुगेकाले नेपालमा यो संक्रमण नदेखि“दै जोखिमलाई मध्यनजरमा राखेर भिडभाड रोक्न त्यही वर्षको फागुन महिनामै सिनेमा हल बन्द गराइयो। संक्रमण घटेस“गै बिचबिचमा हल खुल्ला गरिए पनि धेरैजसो समय बन्द रह“दा यसस“ग सम्बन्धित सम्पूर्ण गतिविधि प्रभावित बन्न पुग्यो।

त्यस क्रममा २०७७ सालमा एकाधबाहेक फिल्म रिलिज हुन सकेनन्, बरू म्युजिक भिडियो चम्किन पुगे। कोरोना जोखिमका कारण ०७६ सालदेखि ०७८ सालसम्म पटक–पटक निषेधाज्ञा जारी भयो। कोरोना महामारीमा वृद्वि भएपछि काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लामा गत वर्ष वैशाख १६ बाट तेस्रो चरणको लकडाउन भयो। महामारीका कारण त्यस वर्ष फिल्म खासै प्रदर्शन हुन सकेनन्। वर्षको अन्तिमतिर आएर संक्रमणदर घटेस“गै कलाका विभिन्न गतिविधिका साथ फिल्म क्ष्ँेत्र केही चलायमान हुन थाल्यो। कोरोनाका कारण केही वर्षदेखि थन्किएकामध्ये केही फिल्म प्रदर्शन भए भने केही फिल्मले प्रदर्शन मिति तय गरे। गत वर्षको भाद्र १७ गतेदेखि हल खुलेयता जम्माजम्मी १६ फिल्ममात्र रिलिज भए। त्यसमध्ये अत्यन्त न्यून फिल्मले मात्र व्यावसायिक सफलता हासिल गरे।

यस वर्ष अर्थात् २०७९ सालमा भने वर्षको शुरूमै झरना थापा निर्देशित ए मेरो हजुर ४ ले सुखद् प्रदर्शनको सुरुवात गरी आशाको किरण देखाइदियो। वर्ष २०७९ को अन्तिम शुक्रबार अर्थात् गत चैत २४ मा रिलिजमा आएको फिल्म बहाबस“गै यो वर्ष कुल ४९ फिल्म रिलिज भए। बहाबस“गै रिलिज डेट तोकिएको फिल्म प्रसाद २ भने निर्माताहरूबीचको लेनदेन किचलोका कारण रिलिजमा आउन सकेन। प्रसाद २ का निर्मातामध्येका एक केशव पाण्डेले अर्का निर्माता सुवास थापाले आप्mनो रकम फिर्ता नदिएकाले फिल्मको रिलिज रोकी पाउ“ भन्दै दिएको रिटउपर उच्च अदालत पाटनले प्रसाद २ को रिलिज रोक्न अल्पकालीन आदेश जारी गरेपछि यसको रिलिज रोकिन पुग्यो। रिलिजमा आएकामध्ये आधा दर्जनभन्दा केही धेरै फिल्मले राम्रो मुनाफा कमाउन सफल भए भने केही फिल्मले औसत र धेरैले नोक्सानको व्यापार सहनु प¥यो।
नेपाली मञ्चमा बलिउड अतिथि

मण्डला थिएटरले मंसिर ९ गते आप्mनो थिएटरमा आयोजना गरेको दोस्रो संस्करणको नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) मा भारतकी ख्यातिप्राप्त रंगकर्मी तथा अभिनेत्री शबाना आजमी सहभागी भइन्।

मङ्सिरमै बलिउड अभिनेता बिवेक ओवराय पहिलोपटक नेपाल भ्रमण गर्ने क्रममा काठमाडौंदेखि पोखरासम्मको यात्रामा निकै रमाए। आफ्ना अभिनेता पिता सुरेश ओवराय तथा परिवारका साथ दश दिने नेपाल भ्रमण गरेका ओबरायले पशुपतिको तथा चन्द्रागिरि भ्रमण गरेका थिए। तर, सलमान खान सोका लागि व्यापार प्रचार गरे पनि यस वर्षसमेत उक्त सो हुन सकेन।

बलिउड फिल्म उचाइको लागि नेपाल अभिनेता अनुपम खेर, बोमन इरानी, परणीति चोपडालगायतले नेपालको लुक्ला नाम्चे, सगरमाथाजस्ता स्थानमा झण्डै ४० दिन बिताए। बसाइको क्रममा अभिनेता खेरले पशुपतिको दर्शन समेत गरेका थिए।

पुस महिनामा बलिउडकी अनारकली मलाईका अरोरा नेपाल आइन्। उनी नेपाल रत्न तथा आभूषण संघले राजधानीमा गरेको फेसन सोमा नेपाली परम्परागत गरगहना लगाएर ¥याम्प स्टपरको रूपमा सहभागी भएकी थिइन्। उनले पशुपतिनाथको दर्शनसमेत गरेकी थिइन्।

अन्तर्राष्ट्रिय मञ्चमा नेपालको सफलता

जेठ महिनामा अभिनेत्री सुरक्षा पन्त फ्रान्समा सम्पन्न ७५औं सस्करणको कान्स फिल्म फेस्टिभलमा नेपालको तर्फबाट पहिलोपटक सहभागी भइन्। इटालियन लेखक पाओली कगनेको उपन्यासमा फेलिक्स भान ग्रोनिन्जेन र चार्लीटे भान्डरमसर्सको निर्देशनमा फ्रेन्च र अंग्रेजी भाषामा निर्मित फिल्म द एट माउन्टेनमा अभिनय गरेकी सुरक्षाले नेपालमा छाया“कन गरिएको केही अंशमा अभिनय गरेकी थिइन्। फिल्म कान्समा छानिएकाले सुरक्षा त्यसमा सहभागी हुने अवसर पाएकी थिइन्।

कान्समै नेपाली फिल्मले पहिलोपटक अवार्ड जित्यो। अविनाश विक्रम शाह निर्देशित फिल्म लोरीले सर्ट फिल्म विधातर्फ स्पेसल मेन्सन अवार्ड जितेको थियो। त्यस्तै, विश्व टेलिभिजन जगत्को प्रतिष्ठित एमी अवार्डअन्तर्गत ४९औं संस्करणको डे टाइम क्रियटिभ आर्टस एमी अवार्डस्मा नेपाललाई पहिलोपटक सफलता हासिल भयो। नेपालका अभिनेता तथा डकुमेन्ट्री निर्माता जसवन्तदेव श्रेष्ठको लेखन, निर्देशन र निर्माणमा सरस्वती पूजाको विषयमा निर्मित सांस्कृतिक वृत्तचित्र फेस्टिवल अफ सरस्वती पूजा सो अवार्ड समारोहमा आउट स्ट्यान्डिङ अचिभमेन्ट इन द रिलिजिन विधाको अवार्ड चुम्न सफल भयो।

असार महिनामा नेपालीभाषी गायक विपुल क्षेत्री विश्व संगीत क्षेत्रको महत्वपूर्ण मानिने ग्रामी अवार्डको सदस्य मनोनित भए। एकेडेमीले दुई हजारभन्दा बढी विश्व संगीतका सर्जकलाई सदस्य नियुक्त गर्ने क्रममा गायक क्षेत्रीलाई पनि मनोनित गरेको हो। क्षेत्रीले २०२२ को ग्रामी अवार्डमा मतदान अधिकार प्राप्त गरे। ग्रामीको सदस्यमा मनोनित हुने क्षेत्री पहिलो नेपालीभाषी गायक हुन्। त्यसै गरी फिलिपिन्सको राजधानी मनिलामा आयोजित मिस अर्थ २०२२ को ग्रान्ड फिनालेमा नेपालको तर्फबाट मिस नेपाल अर्थ शरिसा श्रेष्ठले प्रतियोगिताको सबटाइटल ईको भिडियो विधाको उपाधि जितिन्।

कतै बिहेबारी, कतै टुट्यो सम्बन्ध

वैशाख महिनामा निर्मात्री एवम् अभिनेत्री केकी अधिकारी व्यवसायी प्रेमी रोहित तिवारीका साथ विवाह बन्धनमा बा“धिइन्। त्यसै गरी जेठ महिनमा लोकप्रिय गायिका इन्दिरा जोशीले फेसन डिजाइनर प्रेमी शरद केडियाका साथ विवाह गरिन्। तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका इन्दिराले विवाहको एक वर्षअघि सगरमाथा क्षेत्रको नाम्चेमा पुगेर इन्गेजमेन्ट गरेका थिए। अभिनेता सलोन बस्नेत र मोडल तथा एयर होस्टेज प्रेमीका करिश्मा केसी मङ्सिरमा विवाह बन्धनमा बाँधिए भने अभिनेता संयम पुरी र अभिनेत्री एवम भिजे आस्मा डीसी मङ्सिर महिनामै विवाह बन्धनमा बाँधिए। दश वर्षे प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका संयम निर्देशक नारायाण पुरीको छोरा हुन् भने आस्मा गोपीकृष्ण हलका व्यवस्थापक प्रदीप दाहालकी छोरी हुन्। अभिनेता मानव सुवेदी र अभिनेत्री सुरक्षा पन्तले फागुन २५ गते विवाह गरे। विवाहको अघिल्लो दिन इन्गेजमेन्ट गरेका सुवेदी र पन्तले आपूmहरूबीच केही वर्षदेखिको गुपचुप प्रेम सम्बन्धलाई गन्तव्य दिएका हुन्।

फागुन दोस्रो साता निर्माता, वितरक तथा प्रदर्शक छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच कानुनी रूपमा सम्बन्ध विच्छेद भयो। काठमाडौं जिल्ला अदालतले तीन वर्ष पुरानो मुद्दाको सुनुवाइ गर्दै अंशबण्डासहित सम्बन्धविच्छेद गर्ने फैसला गरेको हो। पैmसलामा ओझालाई अंशबण्डा नभएसम्म मानापाथी भर्न आदेश दिइएको छ। आदेशानुसार छविले आधा सम्पत्ति शिल्पालाई दिनुपर्नेछ भने अंशबण्डा नहुन्जेलसम्म मासिक रूपमा मानाचामल भर्नुपर्नेछ। त्यसै गरी शिल्पा छविस“ग हु“दा उनलाई लागेको ऋणको आधा हिस्सा शिल्पाले व्यहोर्ने पर्नेछ। छविले अदालतलाई दिएको विवरणअनुसार उनको का“धमा २० करोडभन्दा बढी ऋण छ। छविको आधा सम्पत्तिबाट ऋणको आधा रकम कटाएर शिल्पाले सम्पति पाउने छिन्। अदालतले छविकी जेठी श्रीमतीले हालेको बहुविवाहको मुद्दा भने उनीस“ग पहिले नै सम्बन्ध विच्छेद भएको भन्दै खारेज गरिदिएको छ।

गत वैशाखमा अमेरिका बस्ने आशिष गेलालका साथ विवाह गरेकी अभिनेत्री वर्षा शिवाकोटीको वैवाहिक सम्बन्ध टु“गिएको खबर यसपालिकै फागुनमा बाहिरियो। आशिषका आफन्तले दोस्रो विवाहको फोटो सार्वजनिक गरेपछि मात्र वर्षाले पनि आपूmहरूको सम्बन्ध विच्छेद भएको खुलासा गरिन्। धनगढीका युवा विजयेन्द्र सिंह रावतस“ग बिहे गरेकी अभिनेत्री तथा निर्मात्री श्वेता खड्का कात्तिक दोस्रो साता छोरीलाई जन्म दिएर आमा बनिन्।

अभिनेत्री निशा अधिकारीले क्रिकेटर शरद भेषवाकरविरुद्ध काठमाडौं जिल्ला अदालतमा दायर गरेको मुद्दामा फागुन २१ गते सुनुवाइ गर्दै अदालतले सम्पत्तिको फाँटबारी माग गर्न आदेश दियो। नाबालक छोरासमेतलाई अंशभाग लगाउनुपर्ने माग गर्दै निशाले पति शरदविरुद्ध भदौ २८ गते अंश चलनको मुद्दा दायर गरेकी थिइन्। निशाले अंशबण्डाको मुद्दा हाले पनि सम्बन्ध विच्छेदको मुद्दा भने दिएकी छैनन्। उनीहरूले केही समयको प्रेम सम्बन्धपछि २०७४ सालमा विवाह गरेका थिए। त्यसको एक वर्षपछि निशाले अमेरिका पुगेर छोरालाई जन्म दिएकी थिइन्।

गायक राजेशपायल राई असोज महिनामा बाबु बनेको खबर आयो। राजेशको खोटाङ घर भएकी २१ वर्षीया प्रेमिका साङ्बु राईले टिकटकमा भिडियो सेयर गरेपछि उक्त कुरा बाहिरिएको थियो। पछि काठमाडौं महानगरपालिका वडानम्बर ३१ मा मङ्सिर २६ गते विवाह दर्ता गरेको प्रमाणपत्र सार्वजनिक भयो। व्यक्तिगत विवरणले भरिएको सो प्रमाणपत्र बाहिरिएपछि गायक राईले आप्mनो गोपनीयता भंग भएको भन्दै आपत्ति जनाए।

विवादको बाढी

वैशाख दोस्रो साता अभिनेत्री मिरुना मगरले फिल्म कबड्डी ४ को प्रचारका क्रममा सुन्धारास्थित सिभिल मलको भीडमा एक बौद्ध भिक्षुले अभद्र व्यवहार गरेको भन्दै थप्पड हानिन्, प्रहरीमा उजुरी पनि दिइन्। प्रहरी पक्राउ परेका ती युवाको रिहाइ हुनुपर्ने माग राख्दै फिल्म प्रदर्शनमा रोक लगाउन आन्दोलन चलेपछि दुई पक्षबिचको छलफल र रिहाइपछि ती युवालाई रिहा गरियो।
चलचित्र विकास बोर्डले फिल्म प्रदर्शनको एक साताअघि नै फिल्म सेन्सर गर्नुपर्ने तथा राति १० बजेपछि फिल्म देखाउन नपाइने नियम ल्याएका कारण पुस पहिलो साताबाट वितरक र प्रदर्शकको साझा संस्था नेपाल चलचित्र संघले बोर्डविरुद्व आन्दोलन घोषणा ग¥र्यो। बोर्डले प्रदर्शकहरूमाथि अन्याय गरेको भन्दै त्यसविरुद्ध छलफल गर्न देशभरका प्रदर्शकको भेलाले बोर्ड निष्पक्ष हुन नसकेको र संघका सदस्यलाई व्यवसायबाट विस्थापित गर्ने खालका क्रियाकलाप भएको निष्कर्षका साथ बोर्डविरुद्ध आन्दोलन घोषणा गरेको थियो। कोरोना महामारीपछि लयमा फर्कने तयारीमा रहेका मुलुकका ४० सिंगल स्क्रिन बोर्डको पछिल्लो नियमले झनै थला परेको भन्दै आन्दोलनको तयारी गरेका उनीहरू बोर्डले आफ्नो निर्णय सच्याएपछि सहमतिमा आएका थिए।

बोर्ड प्रेमगीत ३ का कारण पनि विवादमा तानियो। हिन्दी भाषामा डबिङ गरी भारतलगायतका विभिन्न देशमा समेत रिलिज गरिएको फिल्मको हिन्दी डबिङ संस्करणलाई पनि नेपाली फिल्मसरहको सुविधाका साथ रिलिज गर्न दिनुपर्ने भन्दै फिल्मका निर्माता निर्देशक सन्तोष सेन र नायक प्रदीप खड्काले ठूलो आवाज उठाए। विवाद चर्किंदै जा“दा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मध्यस्तकर्तामा सो फिल्म रिलिज गरिएको थियो। प्रदीप खड्काले प्रेम गीत ३ अघिको आप्mनो अर्को फिल्म प्रकाशललाई यथेष्ट सो नदिएका कारण बोर्ड अध्यक्ष भुवन केसीको राजीनामा नै मागेर उनको र बोर्डको विरोध गरे। तर, उनै प्रदीपले पछि प्रेमगीत ३ को हिन्दी संस्करणलाई नेपाली फिल्मसरह सुविधा दिनुपर्ने आवाज उठाएपछि प्रदीपको बदलिएको धारणाको पनि आलोचना भयो।

वल्र्ड कप फुटवललाई लिएर समेत बोर्ड अध्यक्ष भुवन केसी विवादमा परे। वल्र्ड कपको फाइनल सो शुरूमा हलमा सार्वजनिक रूपमा देखाउनका लागि अनुमति दिएको र पछि रोकेको भन्दै उनीस“गै बोर्ड विवादमा तानिएको थियो।

केही अघि मात्र दुबईमा गरिएको फिल्म फेस्टिवललाई लिएर पनि बोर्ड विवादमा तानियो। फेस्टिवलको जिम्मा निजी कम्पनीलाई दिएका र फेस्टिवलमा कलाकर्मीभन्दा बढी उनीहरूको परिवार तथा गैर कलाकारलाई सामेल गरिएका कारण बोर्ड विवादमा परेको थियो। यही विषयलाई लिएर बोर्डको सल्लाहकार संयोजक निर शाहका साथमा केही सल्लाहकारले राजीनामा दिए।

एक वर्षको कारावासपछि पलले पाए सफाइ

एक नाबालिका गायिकामाथि जबरजस्ती करणीको मुद्दामा अभिनेता पल शाहले गत फागुन १५ गते उच्च अदालत पोखराको सुनुवाइबाट पूर्ण सफाइ पाए। बालयौन दुरुपयोगमा दोषी ठहर गर्दै नवलपुर जिल्ला अदालतले शाहलाई सुनाएको सा“ढे दुई वर्षको जेल सजायको फैसलाविरुद्ध उनले पुनरावेदन गरेको पैmसलामा सफाइ पाएका हुन्। सोही प्रकृतिको मुद्दामा तनहु“ जिल्ला अदालतले शाहलाई पहिला नै सफाइ दिएको थियो। त्नहुँ कारागारमा एक वर्ष जेल सजाय बिताएका उनी पैmसलापछि रिहा भई पुनः कलाक्षेत्रमा फर्किएका छन्। तर कारावास जीवनपछि उनले आप्mनो पारिश्रमिकमा भारी वृद्धि गरेको आरोप लागेको छ।

राजनीतिमा कलाकर्मीको विजय पराजय

यस वर्षको वैशाखमा भएको स्थानीय तथा संघीय निर्वाचनमा कलाकारहरू पनि छाउन पुगे। राजनीतिमा लागेका कतिपय कलाकर्मी विजयी भए भने त्योभन्दा धेरैले पराजय ब्यहोर्नु प¥यो।

काठमाडौं महानगरपालिकाको मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका ¥यापर तथा इन्जिनियर बालेन शाह मेयर पदमा विजयी भए भने नेपाल कम्युनिस्ट पार्र्टी एमालेबाट उम्मेदवारी दिएकी मिस नेवाः २०११ सुुनीता डंगोल उपमेयरमा विजयी भइन्। अभिनेता तथा रंगकर्मी मदनदास श्रेष्ठले पनि राप्रपाबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका थिए भने नेपाल चलचित्र कलाकार संघका पूर्व अध्यक्ष एवं कलाकार रवीन्द्र खड्काले एमालेबाट पनौती नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरे पनि पार्टीले टिकट नदिएका कारण उम्मेदवारी फिर्ता लिएका थिए। त्यस्तै, नेपाल चलचित्र संघका अध्यक्ष मधुसूदन प्रधानले नेपाली कांग्रेसबाट काठमाडौं वडा नं २१ को वडा अध्यक्ष पद र लोकगायक टंक तिमल्सिनाले अछामको पञ्चदेवल विनायक नगरपालिकाका लागि स्वतन्त्र रूपमा मेयर पदमा उम्मेद्वारी दिएका थिए। तर, विजय हासिल हुन सकेन। कलाकार राज घिमिरे गोदावरी नगरपालिका वडा नं ३ को अध्यक्ष, किशोर भण्डारी (डिठ्ठा साब) तारकेश्वर नगरपालिका २ को सदस्य, गायक गाम्बु शेर्पा ओखलढुंगास्थित खिजी देम्बा गाउ“पालिका अध्यक्ष निर्वाचित भए।

त्यसै गरी मंसीरमा भएको संसदीय चुनावबाट फिल्म निर्देशक असिम शाह राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रतिनिधिसभामा समानुपातिक सांसद बने भने अभिनेता तथा निर्माता रोज राणा प्युठान क्षेत्र नं १ बाट प्रदेश सभा सदस्य तथा अभिनेता एवं निर्माता मधुकुमार श्रेष्ठ धादिङ–१ को प्रदेश क बाट प्रदेश सभा सदस्य निर्वाचित भए।

अभिनेता तथा निर्देशक सम्राट सापकोटा काठमाडौं क्षेत्र नं १ बाट प्रदेश सभा, कमेडियन हिमेश पन्त धादिङ क्ष्ँेत्र नं १, गायक तथा संगीतकार सञ्जय श्रेष्ठ काठमाडांै क्षेत्र नं ६, गायिका कोमल वली दाङ क्षेत्र नं ३, फिल्म निर्देशक मनोज पण्डित काभ्रे क्ष्ँेत्र नं २, हास्य कलाकार मधुसुदन पाठक (सिते बा) काठमाडौं क्षेत्र नं ५ र अभिनेत्री तथा निर्मँत्री रेखा थापा मोरङ क्षेत्र नं ३ बाट प्रतिनिधिसभा उम्मेदवार बनेका थिए। तर, उनीहरूले संसद्मा प्रवेश पाएनन्।