बैंकर्स संघको निर्णय : ११ बाट ९.९९ प्रतिशत व्याजदर घटाउने

0
Shares

काठमाडौं । बैंकर्स संघको बुधबारको बैठकले एक वर्षे मुद्दतीको ब्याज ११ प्रतिशतबाट ९.९९ प्रतिशतमा झार्ने निर्णय गरेको छ ।

संस्थागत निक्षेपकर्ताको ब्याजदर ७.९९ प्रतिशतमा आएको छ ।

बचतको ब्याजदर ५.४ देखि ७.४ प्रतिशतमा झारेको छ । कल डिपोजिटको ब्याजदर २.७ प्रतिशतमा झारेको छ ।