कोरोना सङ्क्रमण बढेपछि सुदूरपश्चिमका सीमा नाकामा कडाइ



धनगढी ।

सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दर बढ्न थालेपछि प्रदेश सरकारले भारतसँग जोडीएका सीमा नाकामा स्वास्थ्य चेकजाँचमा कडाई गरेको छ ।

पछिल्लो समय भारतबाट आउने नागरिकमा कारोना संक्रम देखिन थालेपछि स्वास्थ्य चेकजाँचमा कडाई गरिएको सामाजिक विकास मन्त्रालयका प्रबक्ता तथा वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक नरेन्द्र सिंह कार्कीले बताए ।

‘अहिले भारतसँग सीमाना जोडिएका प्रदेशका सवै नाकामा स्वास्थ्य चेकजाँचमा कडाई गरिएको छ,’ कार्कीले भने, ‘रोग लागेका व्यक्तिलाई अन्य यात्रुबाट छुट्टै राखेर उनीहरुको गन्तव्य स्थान सम्म जान सुझाव पनि दिइरहेका छौं ।’ पछिल्लो समय देखिएको संक्रमण कोरोनाको ओमिक्रोनको ‘एक्स बीबी’ भेरियन्ट हुन सक्ने उनले बताए । भारतमा ओमिक्रोनको ‘एक्स बीबी’ भेरियन्ट तिब्र रुपमा फैलिरहेको हुँदा अहिले देखिने संक्रमितमा पनि सो भेरियन्ट सक्रिय हुन सक्ने उनले बताए ।

‘यो ओमिक्रोनको रुपान्तरित भेरियन्ट हो,’ कार्कीले भने, ‘अहिले भारतमा यो भेरियन्ट तिब्र रुपमा फैलिरहेको छ, भारतबाट नेपाल भित्रीने नागरिकमा पनि पछिल्लो दिनहरुमा संक्रमण देखिने क्रम बढेको छ ।’ सुदूरपश्चिममा कोरोना संक्रमण नियन्त्रणका लागि हालसम्म खास्सै तयारीको योजना भने नरहेको उनले बताए ।

‘अहिले सम्म संक्रमितपनि त्यती धेरै देखिएका छैनन्, उनले भने, ‘भएकाहरुमा पनि गम्भीर स्वास्थ्य समस्या छैन, संक्रमणदर उच्च भएमा त्यस बारेमा केन्द्रले निर्णय गर्ला ।’ कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धी निर्णय केन्द्रीय कोभीड नियन्त्रण समितिले गर्ने गरेको उनले बताए ।

सुदूरपश्चिममा कारोना रोकथामका लागि भौतिक संरचनाको अभाव नरहेको उनले बताए । ‘संरचना हामीसंग प्रयाप्त रहेको छ,’ यदी नयाँ भेरियन्ट तिब्र रुपमा फैलि हालेपनि त्यसलाई रोक्न र व्यवस्थापन गर्न यहाँ कुनै समस्या हुनेछैन ।’

सेती प्रादेशिक अस्पतालका बरिष्ट कन्सल्टेन्ट फिजिसियन डाक्टर शेरबहादुर कमरका अनुसार ओमिक्रोनको नयाँ भेरियन्ट तिब्र रुपमा फैलिने भएपनि स्वास्थ्य जटिता भने कम रहेको बताए । ‘अहिले सम्म भारतमा देखिएको संक्रमणको अवस्था हेर्दा यो भेरियन्ट तिब्र रुपमा फैलने गरेको छ,’ कमरले भने, ‘तर रोगिको स्वास्थ्य जटिलता भने पहिलाको भन्दा न्यून छ, दिर्घ रोगी र कम्जोर स्वास्थ्य अवस्था भएका व्यक्तिलाई रोग लागे समस्या हुन सक्दछ ।’

अहिले सेती प्रादेशिक अस्पतालमा फाटफुट रुपमा कोरोना संक्रमति आउने गरेका उनले बताए । संक्रमण पुष्टि भएका विरामीलाई भर्ना गरेर उपचार गर्नुपर्ने समस्या भने अहिलेसम्म नरहेको उनले बताए । ‘पीसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएका विरामीलाई स्वास्थ्य सुझाव दिएर पठाउने गरेका छौं,’ कमरले भने, ‘अस्पतालमा भर्ना गर्नु पर्ने बिरामी आएका छैनन्, भर्ना गर्नुपरे अस्पतालको कोभिड वार्ड तयारी अवस्थामा छ ।’

त्रिनगर सीमा नाकामा स्थापना गरिएको स्वास्थ्य डेस्कका इन्चार्ज गणेश साउदका अनुसार पछिल्लो समय भारतबाट आउने धेरै मानिसमा कोरोना संक्रामण पुष्टि हुन थालेको छ ।

‘विभिन्न कारणले भारतगएका नेपालीहरु नयाँ बर्ष मनाउन भारतबाट फर्कने क्रम पनि उच्च छ,’ साउँदले भने, ‘उनिहरुमा संक्रमण पनि तिब्र गतिमा देखिएको छ, यसबारेमा सरकोकारवालाले सोच्नु जरुरी छ ।’ भारतबाट आउने मध्य ५ प्रतिशत नागरिकमा कोरोना संक्रमण देखिने गरेको उनले बताए ।

(फाइल फोटो )
 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्