क्यान्सर जितेकाहरुले र्याम्पमा स्वास्थ्यकर्मीका साथ दर्शक र कलाकारहरुलाई नचाएपछि…

0
Shares

काठमाडौं ।

क्यान्सर रोग छिटै पहिचान भै समयमै उपचार गरे निको हुन्छ र साधारण व्यक्ति सरह शारिरीक, मानसीक, भौतिक रुपमा काम गर्न सकिन्छ भन्ने सन्देश दिनका लागि आयोजित तेस्रो र्याम्पमा क्यान्सरलाई जितेका बिरामी र उपचारमा संलग्न डाक्टर, नर्स, स्वास्थ्यकर्मी, कर्मचारी, कलाकार र क्यान्सर अस्पतालका संचालकहरु एकसाथ नाचे ।

नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टटर हरिसिद्धिले आयोजना गरेको उक्त कार्यक्रममा क्यान्सर जितेका बिरामीका साथमा क्यान्सरसंग लडिरहेका विरामी पनि थिए । बिरामीका साथमा नेपाल क्यान्सर अस्पताल स्वास्थ्यकर्मीका लगायत संचालकहरु पनि निकै रमेका देखिन्थे ।

सधै बिरामी र चिकित्सकका नाताले नजिक भएका सबैजना ‘र्याम्प शो’ मा एकसाथ आ आफ्नो प्रतिभा अनुसार नाचिरहेका देखिन्थे । ‘क्यान्सर ठुलो रोग होइन, बेलैमा उपचार गरे निको हुन्छ, आत्तिनु पर्दैन’ भनेर विरामीलाई हौसला दिने नेपाल क्यान्सर सहयोग समूह र उपचारको लागि सहयोगी हातहरु संस्थाका स्वयमसेवकहरु पनि र्याम्प शोमा रमाईरहेका देखिन्थे ।

प्रमुख अतिथि वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठले ६ बर्ष अघि आफ्नी श्रीमतीको क्यान्सरसँग लड्दा लड्दै क्यान्सरले जित्यो यशोदा श्रेष्ठको क्यान्सरबाटै निधन भयो ।

तर पहिलेको भन्दा अहिले नेपालमै क्यान्सरको उपचार गर्ने राम्रा अस्पताल र अनुभवी चिकित्सकहरु रहेकोले उपचारको लागि विदेसिन नपर्ने बताउनुभयो । क्यान्सर रोगको उपचार ‘नेपाल र विदेशमा एउटै हो, विदेशको तुलनामा नेपालमा सस्तो र धेरै राम्रो रहेको’ छ उहाँले भन्नुभयो ।

वरिष्ठ कलाकार श्रेष्ठले क्यान्सर रोग लुकाउँने हैन समयमै पहिचान गरि उपचार गर्नुपर्छ निको हुन्छ भन्दै ‘उपचारको लागि सहयोगी हातहरु’ संस्थालाई आफ्नी श्रीमतीको नाउँमा २५ हजार रुपैयाँ सहयोग स्वरुप उपलब्ध गराउनुभयो ।

कार्यक्रममा क्यान्सर विजेता ३ वर्षे वालकदेखि ८० वर्षेसम्म र डाक्टर, प्रहरी उपरिक्षक देखि गृहिणीहरु समेतले पालैपालो विभिन्न पहिरनमा नृत्य, गायन र कविता वाचन गरि निकै रमाउँदै क्यान्सर उपचार समयमै गरौं र क्यान्सरलाई जितेर सबैसँगै यसरीनै रमौ भन्ने सन्देश दिईरहेका थिए । र्याम्प शो को कोरियोग्राफर नेपालकी पहिलो मोडेल एवम् क्यान्सर विजेता डली गुरुङ्गले गर्नुभएको थियो ।

कार्यक्रम संयोजक नेपाल क्यान्सर अस्पतालकी निर्देशक स्वरुपा श्रेष्ठले पहिला भन्दा अहिले क्यान्सर रोगका बारेमा धेरै मानिस सचेत भएका छन र क्यान्सरको पहिचान र उपचारका लागि नेपालकै अस्पतालहरुमा आउँनेको संख्या बढ्दै गएकोछ ।

कतिले पहिला रोग लुकाउँदाका पिडा र रोग निको पार्न देश विदेश धाउँदा हुने गरेको खर्च समयमै उपचार गरे कम हुने रहेछ भन्ने अनुभव सुनाउँने गरेको पनि उहाँ बताउँनुहुन्छ । क्यान्सर लगायत जुनसुकै रोग लागेपनि समयमै चिकित्सक, स्वास्थ्यकर्मीको निगरानी र परामर्शका आधारमा उपचार गरे निको हुन्छ भन्ने आत्मबलका साथ अघि बढ्नुपर्ने बताउँनुभयो ।

कार्यक्रममा पर्यटन व्यवसायी कर्ण शाक्य, मिस नेपाल वल्र्ड २०२२ प्रियन्का रानी जोशी तथा आयोजकहरुको तर्फबाट दिलिप भट्टराई, गणेश भक्त श्रेष्ठ, नेपाल क्यान्सर अस्पतालका कार्यकारी अध्यक्ष डा.सुदिप श्रेष्ठ लगायतले क्यान्सर रोगको समयमै उपचार गरौं र शारिरीक र मानसिक रुपमा स्वस्थ भै आर्थिक रुपमा समेत सबल हौ भन्ने सन्देश दिनुभयो ।

विश्व क्यान्सर फाउण्डेससनको सन् २०२० को तथ्यांक अनुसार विश्वमा १८ दशमल्भ १ मिलियन क्यान्सरका रोगका बिरामी छन् । जसमा ९ दशमल्भ ३ मिलियन पुरुष र ८ दशमल्भ ८ मिलियन महिला रहेका छन् । जसमा १२ दशमल्भ ५ प्रतिशत स्तन क्यान्सर र १२ दशमल्भ १२ दशमल्भ १ प्रतिशत फोक्सोको क्यान्सर पाईएको उल्लेख गरिएकोछ ।

विश्वमा स्तन क्यान्सर, फोक्सोको क्यान्सर, कोलोरेक्टल, प्रोस्टेट, स्टोम्याक, लिभर, थाईरोइड, प्यानक्रियाज, मृगौला, ओभरी, ग्ल्यानब्याडर लगायत ३३ प्रकारका क्यान्सरहरुको पहिचान भएको पनि फाउण्डेसनले उल्लेख गरेकोछ ।