हेटौंडाबाट लागूऔषधसहित तीन जना पक्राउ

0
Shares

हेटौंडा ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कन्चनपुरको भीमदत्त नगरपालिका-१८ स्थायी घर भई हाल नवलपरासी गैंडाकोट नगरपालिका-१ बस्ने २७ वर्षीय सन्तोष सिंह, चितवनको भरतपुर महानगरपालिका-२ बस्ने ३५ वर्षीय इश्वर श्रेष्ठ र सोही ठाउँ बस्ने ३४ वर्षीय रमेश घले रहेका छन् ।

प्रहरीले उनीहरूको साथबाट लागूऔषध नाईट्रोभेट २९९ ट्याबलेटसमेत बरामद गरेको छ । आज दिउँसो १२:२० बजेको समयमा वीरगन्जबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००१ ह १३७२ नं. को अटोलाई शंका लागि चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट सो परिणामको लागूऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ परेका तीनै जनामाथि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।