आफ्नो जीवनलाई कसरी अझ राम्रो बनाउने ?



हामी आफ्ना अभावहरूलाई देखेर भविष्यको सामना गर्न डराउँछौँ । भविष्यमा के हुन्छ भन्ने डरसँग हामी बाँचिरहेका छौँ ।

भविष्य के हो त ? त्यो एउटा समय हो । त्यो खाली छ । भविष्य त खाली छ । तपाईँ जे गर्नुहुन्छ नि त्यही अनुसार तपाईँको भविष्य तय हुन्छ । यदि तपाईँ डराउनुभएको छ भने डराइरहनुहुनेछ । भविष्यमा पनि डराइरहनुहुनेछ । आज पनि डराउनुहुनेछ अनि यही डर कायम रहनेछ । भविष्य त एउटा रित्तो कागज हो । त्यसमा के लेख्नुपर्छ भन्ने कुरा तपाईँमा निर्भर रहन्छ । तपाईँको भविष्य यही हो । तपाईँको संसारमा के भइरहेको छ ? तपाईँको संसारमा द्विविधा छ कि शान्ति छ ?

दश रुपियाँ कमाउनेलाई सय रुपियाँको अपेक्षा हुन्छ । सय कमाउनेलाई हजार रुपियाँको चाहना हुन्छ । हजार कमाउँछ भने उसलाई लाखको इच्छा हुन्छ । अनि, लाख कमाउनेलाई दश लाख चाहिन्छ । यदि तपाईँलाई यो कुरा सही होइन भन्ने लाग्छ भने तपाईँ यो दुनियाँलाई हेर्नुहोस् । तपाईँ यो संसारमा जे गर्न चाहनुहुन्छ नि त्यो गर्नुहोस् । तथापि, तपाईँभित्रको कुरा त तपाईँभित्रको कुरा हो । तपाईँभित्र त्यो आनन्द नभएसम्म, तपाईँमा त्यो शान्ति नभएसम्म बाहिर जस्तोसुकै वातावरण भए पनि तपाईँ शान्त हुन सक्नुहुन्न ।

हामी आफ्नो जीवनलाई कसरी अझ राम्रो बनाउन सक्छौँ ? वास्तवमा हामीले बाहिर देखिरहेको सौन्दर्यको सपना त पहिलादेखि नै हामीभित्र हुन्छ । मानिसले विनम्रता र मानवताको अभ्यास गरेर, आफ्नो हृदयमा स्थित शान्तिको अनुभूति गरेर जीवनलाई सफल तुल्याउन सक्छ । वास्तवमा हामी आफ्नो जीवनमा जुन कुराको बढी अभ्यास गर्छौँ त्यसैमा अभ्यस्त हुन्छौँ । यदि हामीले रिसाउने अभ्यास गर्न थाल्यौँ भने हामी त्यसमै अभ्यस्त हुन्छौँ । त्यस्तै गरेर मानवताको अभ्यास गरेर त्यसमा पोख्त हुन सक्छौँ । यसरी नै यदि मानवताको अभ्यास गर्ने हो भने हामी त्यसमै दक्ष बन्छौँ । सत्यको अभ्यास गरेमा सत्यमा नै अभ्यस्त हुन्छौँ । आपूmभित्रको प्रेमलाई प्राप्त गर्ने अभ्यास गर्नुभयो भने तपाईँ त्यसमा नै अब्बल हुनुहुन्छ । यसबारेमा तपाईँ विचार गर्नुहोस् ।

यदि तपाईँ आफ्नो जीवनमा उज्यालो चाहनुहुन्छ भने तपाईँले अँध्यारोलाई हटाउनुपर्ने आवश्यकता नै पर्दैन । केवल त्यो उज्यालोलाई आउन दिनु आवश्यक छ । जसै त्यो उज्यालो आउँछ त्यसपश्चात् अँध्यारो आपैmँ हट्नेछ ।

निराश नहुनुहोस् । खराब समय पनि आउँछ अनि राम्रो समय पनि आउँछ नै । खराब समय आएका बेलामा एउटा ध्यान दिनुपर्ने कुरा के हो भने एकदिन यो समय बित्नेछ ।

सबैभन्दा मुख्य कुरा त के हो भने हामीले शान्तिका बारेमा विचार गर्दा यो त कतै अन्तबाट आउँछ अनि हामीले यसलाई प्राप्त गर्नुपर्छ भनेर सोच्छौँ । शान्ति त पहिलादेखि नै तपाईँभित्रै छ । तपाईँले अन्त कतै खोज्नुपर्ने आवश्यकता नै पर्दैन । तपाईँले आपूmले आपूmलाई चिन्नुपर्ने आवश्यकता छ– तपाईँ को हुुनुहुन्छ ?

सुकरातले भनेका थिए– ‘आपूmले आपूmलाई चिन्नुहोस्’ । वर्तमान सन्दर्भमा यस कुराको तात्पर्य के हो ?

अहिलेको मान्छेले हरेक कुराका बारेमा थाहा पाउने कोशिश गरिरहन्छ तर आपूmले आपूmलाई चिन्ने प्रयास गरिरहेको छैन । उसको सर्कल (वृत्त) मा निकै धेरै साथीहरू हुन्छन् । ट्विटरतिर, फेसबुकतिर, ह्वाट्स्एपतिर तर उसभित्र कुनै यस्तो चीज छ जसमा ऊ स्वयम् सम्मिलित होओस् ! वास्तवमा यदि मानिसले आपूmले आपूmलाई चिन्ने कोशिश गर्ने हो भने उसले शान्ति आपैmँमा प्राप्त गर्न सक्छ । तपाईँ जुन चीजलाई खोजिरहनुभएको छ त्यो तपाईँभित्रै छ । यो एकदमै ठूलो खुशीको खबर हो । आपूmले आपूmलाई चिन्नु हाम्रा लागि अत्यन्तै आवश्यक कुरा हो । शान्तिका निम्ति यो सबैभन्दा पहिलो खुट्किलो हो ।

कुनै बेला कोही कुनै परिस्थितिका कारणले विवश भएको छ भने विवश भएका ती सम्पूर्ण मानिसलाई म एउटा कुरा भन्न चाहन्छु, ‘सारा संसारमा अँध्यारै–अँध्यारो भएका बेलामा पनि तपाईँको हृदयमा एउटा दियो हुन्छ । त्यो बलिरहेको हुन्छ ।’ यदि त्यो दियोलाई तपाईँले बाहिर ल्याउन सक्नुभयो भने तपाईँको अँध्यारो संसार प्रकाशमय हुनेछ ।

यो संसारमा मानिसको जन्म हुन्छ अनि एकदिन उसले यो संसारबाट बिदा लिनैपर्ने हुन्छ । यो कुनै तर्क या विचार–विमर्श गर्नुपर्ने कुरै होइन । वास्तवमा तपाईँको जीवनयात्रा तपाईँले लिनुभएको पहिलो श्वासबाट प्रारम्भ भएको थियो । तबदेखि नै यो श्वासको आउने–जाने क्रम रोकिएको छैन । यो निरन्तर चलिरहेको छ । यो जीवनभर तपाईँका साथमा रहन्छ । तपाईँको अन्तिम समयसम्म रहन्छ । तपाईँलाई थाहा छ– यो श्वास तपाईँमा आउँछ । यसमा ध्यान दिनुहोस् । तपाईँले आपूmभित्र आइरहेको यो श्वासलाई ध्यान दिन थाल्नुभयो भने यसले आराम, चैन र सन्तुष्टि लिएर आउँछ । तपाईँ जीवित हुनुभएकोमा कृतज्ञ रहनुहोस् ।

मानिसका लागि सबैभन्दा महŒवपूर्ण कुरा के हो ? जीवनमा कति कुराहरू भइरहन्छन् । सबैभन्दा ठूलो कुरा के हो भने उसको श्वास निरन्तररूपमा चलिरहेको छ । यो श्वास चलेसम्म ऊ जीवित हुन्छ । यदि यो श्वास आउन–जान बन्द भयो भने त्यस मानिसका लागि सबै कुरा समाप्त हुन जान्छ । मूल कुरा यो श्वासका बारेमा हो । यो श्वास कति ठूलो आशीर्वाद हो । हामी यस कुरालाई बिर्सन्छौँ ! मानिसका लागि कति ठूलो कृपा भएको छ ! उसलाई यो जीवन प्राप्त भएको छ । यो शरीर प्राप्त भएको छ । हरक्षण उसमा यो श्वास स्वतः रूपमा चलेको छ । मानिसको श्वास चलिरहेको छ या छैन भन्ने कुरा नै उसको जीवनको पहिचान हो । यो श्वास सृष्टिकर्ताको कृपाले आपैmँ आउँछ अनि आपैmँ जान्छ । आफ्नो उपस्थितिका पछि उसले एउटा यस्तो समय दिएर जान्छ जसलाई कहिल्यै फर्काएर पाउन सकिँदैन । जब एउटा–एउटा श्वास लिनका लागि सङ्घर्ष गर्नुपर्ने समय आउँछ नि, हो त्यही अन्तिम समयमा यसको महŒव थाहा हुन्छ ।

जीवन भएकैले समस्याहरू पनि छन् । मानिस यी समस्याबाट भाग्न सक्दैन । वास्तवमा यी सबै समस्यालाई हामी आपैmँले बनाएका हुन्छौँ । समस्याको बोझ पनि धनी–गरिब सबैका लागि बराबर हुन्छ । एउटा फरक कुरा त के हो भने यी समस्याले हरेक व्यक्तिका अघि नयाँ रूप धारण गर्ने गर्छन् । फलतः सबैलाई दुःखी तुल्याइदिन्छ । तत्पश्चात् दुःखलाई सामना गर्दा–गर्दा मानिसमा निराशाले डेरा जमाउन थाल्छ ।

एउटा वास्तविकता के हो भने मानिसमा निराशा मात्रै होइन आशा पनि छ । आशा कस्तो भने जसरी सूर्योदय हुन्छ, अस्त हुन्छ अनि नयाँ बिहानी लिएर आउँछ । यसै गरी, मेरो हरेक दिन आशाले भरिपूर्ण हुनु आवश्यक छ । मैले हिजो जे–जस्तो गरेको भए पनि, मैले हिजो जे–जस्तो समस्यालाई झेलेको भए पनि ती सबै कुरा मेरा लागि आज बदलिन सक्छ । अतः म आफ्नो जीवन वास्तविक आशाका साथमा बिताउन सकूँ ।

हरेक व्यक्तिभित्र गुण र अवगुण दुवै हुन्छ । अँध्यारो र प्रकाश पनि दुवै हामीभित्रै हुन्छ । शङ्का र स्पष्टता पनि भित्रै छन् । यदि हामी यस संसारमा हराइरहेका छौँ भने हराउनु अनि आपूmले आपैmँलाई पाइरहनु भएको छ भने पाउनु, ती हामीभित्रै छन् । हामीले कुनै चीजलाई हेर्दा सौन्दर्यको अनुभूति हुन्छ, त्यो सौन्दर्यको आनन्द पनि भित्रै छ । किनकि हामी जेजति गरिरहेका छौँ त्यसको स्रोत हामीभित्र छ । यदि मैले कुनै कुरा बुझिरहेको छु भने त्यसको स्रोत म नै हुँ । अनि, बुझिरहेको छैन भने पनि त्यसको स्रोत म नै हुँ । यस सृष्टिका रचनाकार जसलाई हामी खोजिरहेका छौँ– अनि राक्षस, जसबाट म बच्न चाहन्छु, दुवै मभित्रै छन् । म जहाँ गए पनि– दुवै मसँगै जान्छन् किनकि सबैथोक मभित्रै छ !

कैयौँ पटक कोठामा गएर ढोका बन्द गरेपछि हामी सोच्दछौँ– ‘अब म एक्लै छु ।’ तर, त्यतिखेर पनि हामी एक्लो हुँदैनौँ । जसले सम्पूर्ण सृष्टिलाई रचना गरेका छन् अनि दुष्टता जसबाट सारा संसार आजित भएका छन् ः दुवै हामीसँगै आएका छन् । सधैँ ! जेसुकै भइरहेको भए पनि दुवै सँगै छन् । अवगुणलाई छोड्नु या गुणलाई अपनाउनु, दुवै तपाईँको नियन्त्रणमा छ ।

शान्ति पनि कतै बाहिर छैन । त्यो पनि हामीभित्रै छ । यदि शान्ति अर्कै कुनै स्थानबाट आइरहेको छ भने गडबड छ । यसको अर्थ यसो हो– यदि शान्ति पृथ्वीमा भएको कुनै कुवाबाट आइरहेको छ अनि हामी हवाईजहाजमा पचास हजार फिट माथिबाट उडिरहेका छौँ भने हामी शान्तिको अनुभव गर्न सक्दैनौँ । तर यदि त्यो शान्ति भित्रबाट आइरहेको छ भने हामी जहाँसुकै भए पनि त्यसको अनुभव गर्न सक्छौँ । यदि हामी केवल बाहिरबाट लडिरहेका छौँ अनि भित्रबाट शान्त छौँ भने शान्तिको अनुभव त लडाइँको मैदानमा पनि हुन सक्छ ।

बाहिरी शान्ति ल्याउनका लागि आन्तरिक शान्तिको अनुभूति गर्नु अत्यन्त आवश्यक हुन्छ । यसलाई एउटा उदाहरणबाट पनि बुझ्न सकिन्छ । यदि तपाईँसँग पानीले भरिएको गाग्रो छ अनि तपाईँ रेलमा यात्रा गरिरहनुभएको छ । तपाईँले गाग्रोको ढकनीलाई खोलेर हेर्नुभयो भने पानी हल्लिरहेको देख्नुहुन्छ । तपाईँको मनमा विचार उत्पन्न हुन्छ, ‘पानी किन हल्लिरहेको छ ? गाग्रो त हल्लिरहेको छैन ? मैले यसलाई राम्रोसँग समातेको छु तैपनि पानी हल्लिरहेको छ ।’ त्यसको कारणका बारेमा हामी सबैलाई थाहा छ । ट्रेन हल्लिरहेको हुनाले गाग्रो पनि हल्लिरहेको छ र पानी पनि । चाहे तपाईँ गाग्रोलाई जतिसुकै जोडले समातेर बस्नुहोस्, पानी त हल्लिन्छ नै । ठीक त्यसै गरी यदि तपाईँ अशान्त हुनुहुन्छ, अर्थात् तपाईँ हल्लिरहनुभएको छ भने बाहिर पनि अशान्ति नै हुनेछ । यदि तपाईँ भित्रबाट शान्त हुनुहुन्छ भने त्यही शान्ति बाहिर पनि प्रकट हुन्छ । किनभने शान्ति त हामीभित्रै छ ।

(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलित एवं प्रस्तुतीकरण : डा. प्रेमराज ढुङ्गेल ।)

प्रतिक्रिया दिनुहोस्