काठमाडौं । आसन्न वैशाख १० मा हुने उपनिर्वाचनका उम्मेदवारीहरूको अन्तिम नामावली आज प्रकाशन गर्ने निर्वाचनले आयोगले जनाएको छ । आयोगले आजै चुनाव चिन्ह प्रदान गर्ने तयारी गरेको छ ।
बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि समय तोकिएको निर्वाचन आयोगले जनाएको छ ।
त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने र आजै उम्मेदवारलाई चुनाव चिह्न पनि प्रदान गर्ने आयोगको तयारी छ ।
चितवन–२, तनहुँ–१ र बारा–२ मा उपनिर्वाचन हुँदैछ । मतदानको लागि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म समय तोकिएको छ ।











प्रतिक्रिया