कारबाही फुकुवा गर्ने निर्णयप्रति जोशीको असहमति

0
Shares

काठमाडौँ। 

नेपाली काँग्रेसको आफूमाथि कारबाही फुकुवा गर्ने निर्णयप्रति गोविन्दराज जोशीले असहमति व्यक्त गरेका छन्।
नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री समेत रहनु भएका जोशीले सामाजिक  सञ्जालमा स्टाटस लेख्दै आफूसँग सल्लाह नै नगरी कारबाही फिर्ता गर्ने निर्णयले भ्रम सिर्जना गरेको र सो निर्णयको खण्डन गर्ने उल्लेख गर्नुभएको छ।

आइतबार नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले जोशीसहित काँग्रेस केन्द्रीय सदस्य  विकाश कोइराला माथिको  कारबाही फिर्ता लिने निर्णय गरेको थियो।

पार्टीको  निर्णयविरुद्ध निर्वाचनमा उम्मेदवारी दिएको भन्दै काँग्रेसले जोशी र कोइरालामाथि कारबाही गरेको थियो।

आसन्न उपनिर्वाचनमा तनहुँ -१ र चितवन-२ मा काँग्रेस उम्मेदवारको चुनाव प्रभावित हुन सक्ने देखिएपछि काँग्रेसले दुई जनाको कारबाही फिर्ता गरेको हो।