देश र जनताका पक्षमा खबरदारी आवश्यक : महरा

0
Shares

नवलपरासी।

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पार्टी प्रवक्ता कृष्ण बहादुर महराले पत्रकार जगतले समाजको वास्तविकता उतार्नु पर्ने बताउनु भएको छ ।
महराले नेताहरूले जनतालाई बिर्सँदै गएको राष्ट्रिय स्वाधीनता बिर्सेकाले प्रेसले यस प्रवृत्तिका विरुद्ध खबरदारी गर्नु आवश्यक छ भन्नु भयो ।

पूर्व सभामुख महराले साे कुरा शनिवार पूर्वी नवलपरासीको कावासोतीमा प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समितिको तेस्रो साधारण सभालाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै बताउनु भएको हो ।

महराले याे आफ्नो निजी बिचार भएका बताउँदै देश अहिले अदृश्य शक्तिले चलाई रहेको छ, जुन कुरा देउवा,ओली या प्रचण्ड  काेहीँ पनि याे चाहनु हुन्न भन्नु भयो ।
पत्रकारहरु पार्टी र बिचार भन्दामाथि उठेर देश र जनताका पक्षमा कलम चलाउन उद्धत हुनु पर्ने बेला आएको महराले बताउनु भयो ।

महराले प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकार सम्बन्धी ऐन लगायतका विषयमा सुरुवाती दिनमा काम गरेको स्मरण गर्दै थप उपलब्धिका लागि संचारकर्मीहरूले आफ्ना अभियान जारी राख्न आग्रह गर्दै पार्टीका तर्फबाट सहयोग रहने बिचार राख्नु भयो ।

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य किशन शर्मा, प्रेस सेन्टरका उपाध्यक्ष निर्मल ज्ञवाली, सचिव बाेमलाल गिरी, पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य रमेश बस्ताकाेटी,जिल्ला अध्यक्ष वीरेन्द्र पराजुलीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

यसैगरी क्रान्तिकारी पत्रकार महासंघका उपाध्यक्ष रामकुमार श्रेष्ठ,प्रेस युनियन केन्द्रीय सदस्य घनश्याम बगाले, प्रेस चौतारी केन्द्रीय सदस्य विद्रोही गिरी,जिल्ला अध्यक्ष शालिकराम कोइराला प्रेस सेन्टर गण्डकी  प्रदेश सचिव अर्जुन अविरल लगायतले कार्यक्रममा शुभकामना दिनु भएको थियो ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय पदाधिकारी, प्रदेश तथा जिल्ला तहका नेता, जिल्लामा क्रियाशील संचारकरर्मी,कलाकर्मीहरूकाे उपस्थिति रहेको उक्त तेस्रो साधरणकाे उद्घाटन सत्र सभा प्रेस सेन्टर नवलपरासी पूर्वका अध्यक्ष भुमिश्वर पाैडेलकाे अध्यक्षता एवं सचिव पृतम भुजेलको संचालनमा सम्पन्न भएको थियो ।