पूर्णबहादुर खड्काले भने- मैले मन्त्री बन्दिनँ भनेको थिए, उपप्रधानमन्त्री होइन

0
Shares

काठमाडौँ।

उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले आफूले यस आघि मन्त्री बन्दिनँ भनेको र अहिले उपप्रधानमन्त्री बनेको बताएका छन्।

उनले शनिबार ललितपुरको बाँडेगाउँस्थित किसुनजी आश्रयमा पत्रकारहरूसँग कुराकानी गर्दै आफूले पटक -पटक विभन्न मन्त्रालयको जिम्मेवारी सम्हालेको र अहिले उपप्रधानमन्त्रीको पनि जिम्मेवारी आएकाले सरकारमा गएको बताए।

आफूले मन्त्री नबन्ने भनेको तर उपप्रधानमन्त्री नबन्ने भनेर कहिले नभनेको दाबी गर्दै उनले भने, मैले उपप्रधानमन्त्री बन्दैन कहिले भनेको थिएँ? मैले मन्त्री बन्दिन भनेको हो। उपप्रधानमन्त्री बिनाको मन्त्री भएको भए म हुन्थिनँ। ‘

खड्काले केही समयअघि मन्त्री नबन्ने घोषणा गरेका थिए।

तर अहिले फेरि मन्त्री बनेको भन्दै सामाजिक सञ्जालमा आलोचना समेत भएको छ। उनले त्यसबारे पनि प्रष्ट्याएका हुन्।

उनले आफू आफ्नो वचनबाट पछि नहटेको पनि बताए।

‘अहिले म मुलुकको उपप्रधानमन्त्री छु भन्नेकुरा शुभचिन्तकहरू, साथीहरू, सामाजिक सञ्जालमा मेरा बारेमा टिप्पणी गर्ने मित्रहरूलाई स्पष्ट पार्न चाहान्छु। म मन्त्री मात्रै बन्थिनँ। मेरो वचनबाट कहीँ दाँयाबाँया गएको छैन,’ उनले भने।