प्रधानमन्त्री दाहालले मिटरब्याज पीडितलाई बोलाए बालुवाटार

0
Shares

काठमाडौं ।

आन्दोलनरत मिटरव्याज पीडितहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटका लागि बोलाएपछि उनीहरू केही बेरअघि बालुवाटार पुगेका हुन् ।

मिटरब्याजीले उठिबास लगाएपछि न्याय माग्दै पीडितहरू महोत्तरीको बर्दिबासबाट १२ दिन हिँडेरै काठमाडौँ आएर आन्दोलन गरिरहेका छन् । पीडितलाई न्याय दिलाउन विद्यमान कानुन संशोधन गर्न, मिटरब्याज विरुद्धको कारबाही तथा गुनासो व्यवस्थापनका लागि हरेक जिल्लामा छुट्टै शक्तिशाली समिति बनाउन दुवै पक्ष सहमत भए पनि वार्ता टुंगिएको छैन । प्रधानमन्त्रीलाई भेटेपछि सहमति हुनेमा मिटरब्याज पीडितहरू आशावादी छन् ।