रास्वपाका ‘तीन भाइ’ले आज पत्रकार सम्मेलन गर्दै

0
Shares

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित तीन जनाले आज पत्रकार सम्मेलन गर्दै छन्।  पत्रकार सम्मेलन आज ४ बजे हुने  छ  । चितवन–२ बाट पुनः चुनाव लड्न लागेका लामिछाने, रास्वपाबाटै बारा–२ मा उम्मेदवार बन्न लागेका रमेश खरेल र तनहुँ–१ मा उठ्न लागेका डा.स्वर्णिम वाग्लेले आज संयुक्त पत्रकार सम्मेलन गर्न लागेका हुन्। उम्मेदवारबारे औपचारिक निर्णय गर्न भने बाँकी छ।

पूर्वडीआईजीसमेत रहेका खरेल राष्ट्रिय सुशासान पार्टीका अध्यक्ष हुन् भने अर्थविद्समेत रहेका डा.वाग्ले कांग्रेस छाडेर रास्वपामा प्रवेश गरेका हुन्।

 सभापति लामिछानेको सांसद पद नागरिकता प्रकरणका कारण गुमेपछि त्यहाँ उपचुनाव गर्न लागिएको हो भने तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति तथा बारा–२ बाट सांसद निर्वाचित रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि ती क्षेत्र रिक्त भएकाले उपचुनाव गरी पद पूर्ति गर्न लागिएको हो।