सरकार र मिटरब्याजी पीडित पक्षबीचको वार्ता निष्कर्षविहीन

0
Shares

काठमाडौं ।

सरकार र मिटरब्याजी पीडितपक्षबीचको वार्ता निष्कर्षविहीन बनेको छ । शुक्रबार बिहानैदेखि गृह मन्त्रालयमा सरकार र पीडित पक्षबीच दोस्रो चरणको वार्ता थालिएको थियो । त्यस वार्ताबाट कुनै निष्कर्ष निकाल्न नसकेपछि उक्त बैठक आज बसेकाे थियाे   ।

 मिटरब्याजी पीडितका समस्या समाधानका लागि सरकारले तीन दिनअघि सहसचिव रुद्रादेवी शर्माको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति बनाएको छ । समितिसमक्ष पीडितपक्षले नौ बुँदे माग राखेका छन् ।

जसमा उच्चस्तरीय आयोग गठन गरिनु पर्ने, तमसुक व्यवस्था खारेज गरिनु पर्ने र पीडितको पक्षमा कानुन बनाइनु पर्नेलगायत उनीहरूका माग छन् । उनीहरूले आफ्ना मागहरू पूरा नभएसम्म घर नफर्कने पनि अडान राख्दै आएका छन् ।

आज भएको वार्ताबाट आफ्ना माग सम्बोधन हुनेमा सरकार लचक देखिएको पीडितपक्षको दाबी छ । शनिबार बिहान ११ बजे पुनः बोलाइएको वार्ताबाट निष्कर्षमा पुगिने उनीहरूले बताएका छन् ।