दिउँसाे बस्ने सत्ता गठबन्धनको बैठकमार्फत मन्त्रिपरिषद्ले पूर्णता पाउने

0
Shares

काठमाडौं । बिहान बसेको सत्ता गठबन्धनको बैठक विनानिष्कर्ष टुंगिएको छ । बैठक पुनः दिउँसो २ बजे बस्ने गरि टुंगिएको हो ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्लाई पूर्णता दिन बसेको सत्ता गठबन्धन दलको बैठक विनानिष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री चितवन जाने कार्यक्रम भएकोले बैठक विनानिष्कर्ष टुंगिएको हो ।

प्रचण्ड चितवनको भरतपुर विमानस्थलको टर्मिनल भवन उदघाटन गर्न जाने भएकोले सत्ता गठबन्धनको बैठक पुनः दिउँसो २ बजे तोकिएको माओवादी केन्द्रका उपाध्यक्ष तथा पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताए ।

बिहान बसेको सत्ता गठबन्धनको बैठकले आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने बताए पनि दिउँसो बस्ने बैठकबाट यसबारे निर्णय हुने महरा बताउँछन् ।

हिजो (बुधबार) बसेको बैठकले सरकारमा सहभागी हुने ८ दलले मन्त्रालयको भागबण्डा गरेको छन् । तर, कुन दललाई कुन मन्त्रालय दिने भन्ने विषयमा २ बजे बस्ने बैठकमा नै निर्णय हुने बताइएको छ ।