राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

0
Shares

काठमाडौं । राष्ट्रिय सभाको बैठक बस्ने भएको छ । आज (बिहीबार) बिहान ११ बजे उक्त सभाको बैठक बस्ने भएको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चार वटा प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।

प्रधानमन्त्रीले थारु आयोगको चौथो वार्षिक प्रतिवेदन २०७८/७९, राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन २०७८/७९, राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन २०७८/७९ र आदिवासी जनजाति आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०७८/०७९ सदनमा पेस गर्नेछन् ।

बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवं मूल्यांकन प्रतिवेदन २०७९ र राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ माथि छलफल गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ ।