तीन सचिवको सरुवा, सञ्चारमा युवा प्रशासक राउत

0
Shares

काठमाडौं ।

सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा युवा प्रशासक कृष्णबहादुर राउतलाई ल्याएको छ । पछिल्लो पटक बसेको मन्त्रिपरिषद् बैठकले मधेश प्रदेशका प्रमुख सचिव राउतलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा सरुवा गरेको हो ।

भद्र र शालिन स्वभावका राउत निजामती क्षेत्रमा सुधारक प्रशासकको रुपमा चिनिन्छन् । मन्त्रिपरिषद् बैठकले सूचना तथा सञ्चार मन्त्रालयका सचिव डा वैकुण्ठ अर्याललाई भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेको छ ।

यस्तै लुम्विनी प्रदेशका प्रमुख सचिव डा.दिपक काफ्लेलाई कोशी प्रदेश विराटनगरेको प्रमुख सचिवमा सरुवा गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।