मन्त्रीहरूको नामावली पेश गर्दै एकीकृत समाजवादी

0
Shares

काठमाडौं । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री प्रचण्ड समक्ष मन्त्रीहरूको नामावली पेश गर्ने भएको छ ।

उसले आफ्नो पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नामावली पेश गर्न अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको कार्यदललाई निर्देशन दिएको छ ।

हिजो (मंगलबार) आलोकनगरस्थित केन्द्रीय पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा सहभागी हुने मन्त्रीहरूको नामावली सचिवालयमा पेश गर्न अध्यक्ष नेतृत्वको तीन सदस्यीय कार्यदललाई निर्देशन दिएको हो ।

एकीकृत समाजवादीले कार्यदलले मन्त्रीको हुनेको नामसहितको प्रस्ताव पेस गरेपछि मात्र सरकारमा सहभागी हुने व्यक्ति टुंग्याउने भएको हो ।