नापी कार्यालय मनमैजुका सर्वेक्षक र लेखापढी व्यवसायी अख्तियारको नियन्त्रमा

0
Shares

काठमाडौँ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय मनमैंजुमा कार्यरत सर्भेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अभिशेक कार्कीलाई नियन्त्रणमा लिएको छ।

उनीहरुले जग्गाको कित्ताकाट गरी राजीनामा पास गर्ने क्रममा सेवाग्राहीसँग १,७५,०००।- (एक लाख पचहत्तर हजार रुपैयाँ) घुस लिएको भन्ने उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले मंगलबार उक्त रकमसहित नियन्त्रणमा लिएको आयोगले जनाएको छ ।

त्यसपछि खानतलासी गर्दा कार्कीको साथबाट स्रोत नखुलेको सात लाख उनन्सत्तरी हजार पाँच सय रुपैयाँ बरामद भएको अख्तियार प्रवक्ता भोला दाहालले जानकारी दिए ।

यस्तै उनको साथबाट अभिशेक कार्कीको नाममा काटिएको सोह्र लाख रुपैयाँको चेक पनि बरामद भएको छ । यस्तै सर्भेक्षक उपरकोटीको साथबाट स्रोत नखुलेको एक लाख पचासी हजार तीन सय अठासी रुपैयाँ बरामद भएको छ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।