आपराधिक गतिविधि नियन्त्रण गर्न मन्त्रीको निर्देशन

0
Shares

हेटौंडा ।

वागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले आपराधिक गतिविधि नियन्त्रण गर्न निर्देशन दिनुभएको छ ।
काभ्रेको जिल्ला प्रहरी कार्यालय र कारागार अनुगमनका क्रममा मन्त्री श्रेष्ठले जिल्लाको समग्र शान्तिसुरक्षा कायम राख्न निर्देशन दिनुभएको हो ।

प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल र प्रहरी उपरीक्षक भाग्येन्द्रपुरुष ढकालको टिमसहित मन्त्री श्रेष्ठले सेवाग्राहीलाई चुस्तदुरुस्त सेवा प्रदान गर्न, नदीजन्य पदार्थ चोरीनिकासी रोक्ने प्रभावकारी कदम चाल्न पनि निर्देशन दिनुभएको थियो ।

काभ्रे कारागारका कैदीबन्दीको दैनिक जीवन, राज्यले दिएको सुबिधासहित अतिरिक्त आवश्यकताबारे समेत उहाँले जानकारी लिनुभएको थियो । अनुगमनका क्रममा मन्त्री श्रेष्ठले कारागारका समस्यालाई नीतिगत्रुपमा हल गर्ने र खुला कारागारको नीति बनाउने तर्फ पहल गरिने बताउनुभयो ।

कारागार प्रमुख परशुराम थापाले राखेको कारागारका अन्य समस्यासहित भौतिक समस्या सम्बोधन गरिने प्रतिवद्धतासमेत मन्त्री श्रेष्ठले व्यक्त गर्नुभयोे ।