एकीकृत समाजवादीको सचिवालय बैठक जारी

0
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पाकमल दाहाल प्रचण्डलाई भेटेलगत्तै नेकपा (एकीकृत समाजवादी)ले पार्टी सचिवालयको बैठक बसेको छ । बैठक १२ बजेदेखि शुरु भएको प्रचारप्रसार विभागका प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

एकीकृत समाजवादीका शीर्ष नेताहरुले आज (मंगलबार) बिहान बालुवाटार पुगेर प्रधानमन्त्रीलाई भेटेका थिए । भेटको क्रममा गृह, अर्थ र परराष्ट्रमध्ये कुनै एक मन्त्रालय आफूले पाउनैपर्ने प्रचण्डलाई दबाब दिएको स्रोत बताउँछ । यद्यपि प्रचण्डले यी मन्त्रालयमध्ये कुनै एक मन्त्रालय दिने आश्वासन दिएका छन् ।

प्रधानमन्त्रीको आश्वासन पाएलगत्तै एकीकृत समाजवादीले पार्टी सचिवायल बैठक बोलाएको हो । बैठकमा पार्टीबाट सरकारमा सहभागी हुने र मन्त्रीहरुको विषयमा छलफल र आवश्यक निर्णय हुने बताइएको छ ।