प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका शीर्ष नेताहरूबीच भेटवार्ता जारी

0
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का शीर्ष नेताहरूबीच भेटवार्ता जारी छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भेटवार्ता जारी रहेको बताइएको छ ।

प्रचण्डसँग एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सम्मानित नेता झालनाथ खनाल महासचिव घनश्याम भुसाल र नेता प्रकाश ज्वाला भेटवार्तामा छन् ।

सरकारमा सहभागी हुने तयारीमा रहेको एकीकृत समाजवादीले गृहसहित तीन मन्त्रालयको दाबी गरेको छ । तर, गृह मन्त्रालय नेकपा (माओवादी केन्द्र) आफैले राख्ने बताउँदै आएको छ । एकीकृत समाजवादीले गृहको दाबी गरे पनि सहमतिमा अन्य कुनै तीन मन्त्रालय पाए सहमति जुट्ने नेताहरूले बताएका छन् ।

मन्त्रालय भागबन्डा पेचिलो बनिरहेका बेला प्रधानमन्त्री प्रचण्डसँग एकीकृत समाजवादीका शीर्ष नेताहरू बालुवाटारमा भेटवार्तामा छन् ।
आजै साँझ ४ बजे सत्ता गठबन्धनको बैठक बस्दैछ ।