गायिका बन्न हिँडेकी मुना बनिन् कलाकार

14
Shares

करिब दुई दशकदेखि कलाकारिता क्षेत्रमा सक्रिय छिन् मुना निरौला। जन्मथलो विर्तामोडस्थित दुर्गापुरबाट एसएलसीसम्मको अध्यनपछि थप अध्ययन तथा गायिका बन्ने सोचमा काठमाडौं आएकी मुनाले आप्mना काका अभिनेता, लेखक तथा निर्देशक मोहन निरौलाको सल्लाहपछि भने गायिका बन्ने सपना छोडेर अभिनय सिकेर कुशल कलाकार बन्न पुगिन्।

काठमाडौं आएपछि मोहन अंकलले अभिनय तथा नृत्य सिक्नुपर्छ भन्ने सल्लाह दिनुभयो र उहाँकै परिवर्तन नेपाल नामक संस्थामार्फत मैले अभिनय र नृत्य सिकें। त्यसपछि विभिन्न नाटक, सडक नाटक, टेलिफिल्म, फिल्म तथा म्युजिक भिडियोमा अभिनय गर्दै आइरहेकी छु, सविन बास्तोलाको निर्देशनमा थोरै भए पुगिसरि सिरियलमार्फत सानो पर्दाबाट अभिनय यात्रा शुरु गरेकी मुनाले त्यसपछि क्रमशः उद्घाटन, तीतो सत्य, मेरी बास्सै, जिरे खुर्सानीलगायत दुई दर्जन टेलिसिरियलमा अभिनय गरिन् भने महापुरुष, जात्रैजात्रा, छक्का पञ्जालगायत आधा दर्जन सिनेमामा अभिनय गरेकी छिन्। गायिका मिरा राणाको गीतबाट म्युजिक भिडियोमा अभिनय गरेकी मुनाले केही अघि सार्वजनिक बाबु बोगटीको ओई कान्छी बोलको गीतलगायत केही गीतका भिडियोमा मोडलिध्र गरेकी छन्।

सडक नाटकबाट अघि बढेको उनको अभिनय करिअर हालसम्म आइपुग्दा सडक नाटक निर्देशन तथा अभिनय प्रशिक्षकसम्म पैmलिएको छ। मुनाले आफंैले सञ्चालन गरिरहेको जनचेतना समाज परिवर्तन नेपालमार्फत कलाकार पति कविन्द्र त्रिपाठीका साथ संयुक्त रुपमा विभिन्न जनचेतनामूलक नाटकको निर्देशन तथा अभिनय प्रशिक्षण गर्दै आएकी छन्। ञहामी श्रीमान् श्रीमती नै कला तथा सामाजिक कार्यमा सक्रिय छौं। दुवै जना एउटै फिल्डमा काम गर्दा धेरै कुरामा सजिलो हुने रहेछ। हामी संयुक्त रुपमा नाटक निर्देशन, प्रशिक्षण र अभिनय गर्दै आइरहेका छौं। र हाम्रो नाटक प्रायः चेतानामूलक हुने गर्छन्ु मुनाले सुनाइन्।

मुना अरुको निर्देशनमा आफूले अभिनय गर्नुभन्दा पनि अभिनय सिकाउनचाहिँ सजिलो लागेको बताउँछिन्। ञअरुको प्रोजेक्टमा काम गर्दा समय धेरै दिनुपर्ने र अरुकै समयअनुसार चल्नुपर्ने बाध्यता हुन्छ, तर आफूले अरुलाई सिकाउँदा भने आफ्नो समयअनुसार सिकाउन पाइन्छ। यस कारण अरुको निर्देेशनमा काम गर्दा भन्दा अरुलाई निर्देशन गर्नचाहिँ सहज रहेछु उनको अनुभव छ। अभिनय कमाइको स्रोत नभए पनि आफूले पछिल्लो समय विना पारिश्रमिक काम कुनै पनि प्रोजेक्टमा काम नगरेको मुनाले बताइन्।

कलाकारितापछि आफ्नो जीवनको अर्को क्षेत्र समाजसेवा भएको बताउने मुनाले यस क्रममा जाडोमा न्यानो कपडा वितरण, बाढी तथा भूकम्प पीडितलाई सहयोगलगायत सामाजिक काम गर्दै अँइरहेको तथा केही वर्षयता भने आफ्नै संस्था जनचेतना समाज परिवर्तन नेपालमार्फत सहयोग गर्दै अँएको जनाइन्। आगामी दिनमा पनि कलाकारिता तथा समाजसेवामा नै लाग्ने योजना रहेको मुनाले सुनाइन्।