मेल्छाम नजिकै खोलमा भेटियो बेवारिसे शव

0
Shares

सिमकोट ।

हुम्लाको चंखेली गाउँपालिका–६मेल्छाम नजिकै खोला किनारमा सोमबार बिहान एक बेवारिसे शव फेला परेको छ । मेल्छाम गाउँ नजिकै खोला किनारको एक व्यक्ति मृत अवस्थामा फेला परेका हुन्  ।

उनको हाल सम्म पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताए । चंखेली गाउँपालिका ६ मेल्छाम स्थित देशीखोला र कर्णाली नदीको बिच दोभानमा  शव फेला परेका हो।

आइतबार वडा नं ४ का स्थानीय  हर्के कुलाल र सुरज बि.कले माछा मार्न गएको बेला नदी किनारमा शव  देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

वडा नम्बर ४ का वडाध्यक्ष पदम बहादुर शाही, प्रहरी निरीक्षक गीता  प्रसाद चौधरी लगायतले  लास नदीबाट निकालेर छेउमा राखेको प्रहरी नायब उपरीक्षक भट्टराईले बताए।

बेवारिसे अवस्थामा फेला परेको मृतकको नाम थर भने खुल्न नसकेको र थप अनुसन्धानको कार्य भइरहेको प्रहरी नायब उपरीक्षक भट्टराईको भनाई छ।