ललितपुर ।
ज्वेल्स् बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सोमबार ललितपुरको तबहालमा बृहत निशुल्क स्वास्थ्य शिविरको आयोजना ग¥यो।
लाईफ लाइन हेल्थ होम केयरको सहकार्य र काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोगमा ज्वेल्स्ले सो कार्यक्रम आयोजना गरेको हो ।
सो शिविरमा सहभागीहरुले दन्त, जनरल शल्यक्रिया, बाल रोग, आँखा, नाक, कान र घाँटी, हाडजोर्नी तथा नशा सम्बन्धी, स्त्री रोगको परीक्षण गराएका थिए।त्यससंगै भिडियो एक्सरे, इ.सि.जि गराउने व्यवस्था गरिएको थियो।
शिविरमा करिब ४ सय जनाले स्वास्थ्य परीक्षण गराएको सहकारीका कोषाध्यक्ष समेत रहनुभएका कार्यक्रम संयोजक प्रज्ञारत्न शाक्यले बताउनुभयो । परीक्षण गराउनेमा ५० वर्ष नाघेका महिलाहरुको संख्या अधिक रहेको छ । स्वास्थ्य परीक्षण गराउनेलाई पछि काठमाडौं मेडिकल कलेजमा थप उपचार गराउनुपरेमा लाइफ लाइन हेल्थ होम केयरको माध्यमबाट ३० प्रतिशत छुट र शल्यक्रियामा ५० प्रतिशत छुट गरिने घोषणा गरिएको थियो।
शिविरले मध्यम तथा निम्नमध्यम वर्गमा नियमित स्वास्थ्य परीक्षणको आवश्यकता बोध गराउनुका साथै स्वस्थ रहने बारे सजगता बढाएको शिविर सफल पार्न समन्वयकारी भूमिका निर्वाह गर्नुभएका समाजसेवी मोतिशान्ति शाक्यले बताउनुभयो।