सुनीलले ल्याए गितारको कर्ड बुक

0
Shares

गितारिस्ट एवम् गायक सुनील गुरुङको पुस्तक अकम्प्लिट गितार कर्ड बुक सार्वजनिक गरिएको छ।

गत शुक्रबार संगीतकार किशोर गुरुडको प्रमुख आतिथ्यतामा राजधानीमा आयोजित एक विशेष समारोहबीच पुस्तक सार्वजनिक गरिएको हो। पुस्तकका लेखक सुनील गुरुड , ज्योति घिमिरे, एम शाही, गौरव शर्मा, ओम शाही, विक्रम थापालगायतले पुस्तक सार्वजनिक गरेका हुन्। पुस्तक गितार सिक्न चाहनेका लागि एकदमै उपयोगी रहेको अतिथिहरुले चर्चा गरे।

सुनील गुरुड पुरानो पुस्ताको गायक तथा गितारिस्ट हुन्। उनले सन् १९८२ मा स्टिझध्रस ब्यान्ड खोलेका थिए। उनीसंगै सुमन लामा, सुदेश देवान, निर्मल देवान, गौरव शर्मा र तिलक थापा मगर सहभागी रहको ब्यान्डले थुप्रै गीत/संगीत बजारमा ल्याएको छ। ठमेलमा लाइभ म्याजिक गर्ने यो पहिलो ब्यान्ड थियो। ब्यान्डमा पछि वासु खड्का, सुनील सिंह, प्रवीण श्रेष्ठ, सोनम श्रेष्ठ रहे भने अहिले सरोज शाहीले यसलाई अघि बढाइरहेका छन्। यसमा अहिले सरोजसंगै दीपक प्रधान, कुन्दन जोशी, शरण देउला र सौरभराज जोशी छन्।