मुख्यमन्त्री खगराज अधिकारीको राजीनामा माग



पोखरा ।

नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री खगराज अधिकारीको राजीनामा माग गरेको छ ।

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको सरकारका मुख्यमन्त्री अधिकारीलाई नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेको हो ।

अधिकारी नेतृत्वको सरकार कामचलाउ भइसकेको ठहर गर्दै कांग्रेसले कामचलाउ सरकारले आर्थिक दायित्व सिर्जना गर्ने, कर्मचारी नियुक्ति, सरुवा बढुवा लगायतका निर्णय गर्नु न्यायसङ्गत नहुने भएकाले सो काम नगर्नसमेत आग्रह गरेको छ । माओवादीले भने आलोपालो प्रणालीबाट सरकारको नेतृत्व बाँड्नु पर्ने प्रारम्भिक माग राखेको छ ।

प्रतिक्रिया दिनुहोस्