नदीकिनारका अनधिकृत संरचना हटाउन महानगरको ७ दिने अल्टिमेटम

0
Shares

काठमाडौँ ।

काठमाडौं महानगरपालिकाले नदी किनारमा बनेका अनधिकृत संरचना हटाउन सातदिने अल्टिमेटम दिएको छ।

महानगरपालिकाले शनिबार एक सूचना जारी गरी नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना एक साताभित्र हटाउन भनेको हो। महानगरले नदी कोरिडोरको सार्वजनिक क्षेत्रमा संरचना निर्माण गरी भोगचलन गरेकालाई तत्काल संरचना अन्यत्र सार्न भनेको छ।

एक साताभित्र अनधिकृत संरचना नहटाएमा प्रचलित कानुन बमोजिम महानगरले हटाइने र सोको खर्च सम्बन्धित पक्षसँगै असुल उपर गर्ने जारी सूचनामा उल्लेख छ ।