सुदीक्षा मिस र उषा मिसेस ब्युटिफुल नेपाल

98
Shares

दक्ष इन्टरटेन्मेन्ट प्रालिको आयोजनानमा शनिबार राजधानीमा सम्पन्न एन प्लस मिस एन्ड मिसेस ब्युटिफुल नेपाल नामक सौन्दर्य प्रतियोगिता सम्पन्न भएको छ। पूर्वमन्त्री जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा सुदिक्षा बज्राचार्यले मिस ब्युटिफुल नेपाल २०२३ को उपाधि चुमिन्।

उनले प्रमूख उपाधिसँगै मस्ट ट्यालेन्टेड र पङ्चुअलको उपाधि पनि चुमेकी छन्। प्रतियोगीतामा सन्तोषी रावल फस्ट रनर्सअपका साथ मस्ट पपुलर र बेस्ट हेयर, विष्णु गुरुङ सेकेन्ड रनर्सअपका साथ बेस्ट डान्सर तथा आर्जू खड्का थर्ड रनर्सअपका साथ बेस्ट स्किन भएका छन्। प्रतियोगीतामा माया खड्का भ्युअर्स च्वाइस, सृष्टि ढकाल बेस्ट पर्सनालिटी र बेस्ट ¥याम्पवाक, माया बुढाथोकी मस्ट डिस्प्लिेन, विपना भट्टराई मस्ट फोटोजेनिक तथा ज्योती गिरी मल्टी मिडिया च्वाइस र बेस्ट स्पिच उपउपाधि विजेता भए।

अश्विनी झाको कोरियोग्राफीमा भएको प्रतियागितामा उषा हमालले एन प्लस मिसेस नेपालका साथमा मस्ट पपुलर र बेस्ट पर्सनालिटिको उपाधि चुमिन् भने सुनीता पानहाङ्गो लिम्बू फस्ट रनर्सअपका साथमा मस्ट पंचुअल, माया लामा सेकेन्ड रनर्सअपका साथमा बेस्ट ¥याम्पवक र मल्टिमिडिया च्वाइसको अवार्ड चुम्दा विद्या श्रेष्ठ भ्युअर्स च्वाइस र बेस्ट स्पीच, नुमा शेर्पा मस्ट फोटोजेनिक र बेस्ट सिंगर तथा अनुराधा पाठक मस्ट ट्यालेन्टेड उपउपाधि विजेता भए।